यी मुलुकमा छन् प्रतिबन्धित: नेपालमा अत्यधिक मनपराइने खानेकुरा

२०७५ पुष २०, शुक्रबार २२:१४ गते २०७५ पुष २०, शुक्रबार २२:१४ गते २०७५ पुष २०, शुक्रबार २२:१४ गते

काठमाडौं । स्वास्थ्यको मामिलामा नेपालीहरु खासै संवेदनशील भएको पाइँदैन। जे भेटिन्छ, त्यसको प्रभावको विषयमा कुनै वास्ता नगरी खाने हाम्रो बानी छ। यसले मानिसको स्वास्थ्यमा कहिलेकाँही नकारात्मक प्रभाव पनि पार्ने गरेको छ । यहाँ केही बाहिरी मुलुकहरुमा प्रतिबन्धित खानेकुराहरु उल्लेख गरिएको छः

१. टमाटर सस
नेपालमा टमाटर ससको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । भारतमा लोकप्रिय रहेको यो खाना फ्रान्समा प्रतिबन्धित छ। फ्रान्सको सरकारले सन् २०११ मा आफ्नो सबै प्राथमिक विद्यालयहरुमा टमाटरको ससमा प्रतिबन्ध लगाइएको छ । फ्रान्सले आफ्नो मुलुकको परम्परागत खानाहरुको स्वाद कायम राख्न यसलाई हटाउने निर्णय गरेको हो ।

२. चुइगम
चुइगम पनि नेपालमा उल्लेख्य मात्रामा बिक्री हुने गरेको छ। धेरै मानिसहरुले चुइगम खाने गरेको देख्न पाइन्छ। यद्यपि सिँगापुरमा चुइगममा प्रतिबन्ध लगाइएको छ । यदि चुइगम चपाइरहेको अवस्थामा प्रहरीले फेला पार्‍यो भने ठुलो जरिवानाको भागीदार हुनुपर्छ ।

३. समोसा
समोसा पनि धेरैको मनपर्ने परिकार हो। यो परिकार सोमालियामा प्रतिबन्धित छ। समोसाको आकार ईशाइ धर्मको चिन्हलाई बुझाउने किसिमको रहेको भन्दै आपत्ति प्रकट भएसँगै सोमालियाले समोसामा प्रतिबन्ध लगाएको हो। सोमालियमा सन् २०११ देखि समोसामा प्रतिबन्ध लगाइएको छ।

४. खुला दूध
नेपालमा खुला दूधको व्यापार हुनु सामान्य कुरा हो। अझ केही मानिसहरु प्याकेटको दूध भन्दा पनि खुला दूधमा बढी जोड दिन्छन्। अमेरिकामा भने खुला दूध बिक्री गर्न पाइँदैन। अमेरिकाले खुला सामग्रीहरुको बिक्रीमा रोक लगाएको छ, जसको सूचीमा दूध पनि छ । अमेरिकामा खुला बदम बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ।

५. शाकाहारी खाना
नेपालमा धेरैजसो शाकाहारी खाना नै खाने गरिन्छ। केही मानिसहरु अहिंसावादी भएको कारण पनि मासु खाँदैनन्। फ्रान्सको क्यानटिनमा भने शाकाहारी खाना प्रतिबन्धित छ। बालबालिकाहरुका लागि मांसाहारी खाना पोषक तत्वको हिसाबमा पनि महत्वपूर्ण रहेकोले शाकाहारी खानामा प्रतिबन्ध लगाइएको बताइएको छ।-हाम्रा कुरा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *