गाडीमा यात्रा गर्दा वान्ता हुन्छ? अपनाउनुहोस यस्ता उपाय

२०७५ पुष २१, शनिबार ११:०९ गते २०७५ पुष २१, शनिबार ११:०९ गते २०७५ पुष २१, शनिबार ११:०९ गते

केही मानिसलाई कार वा बसमा लामो यात्रा गर्नाले उल्टी आउने र वाकवाकी लाग्ने समस्या हुन्छ । यस्ता मानिसहरु अन्य कुनै खालको बिरामी भएका हुँदैनन् तर जब उनीहरु कहिँ जानको लागि बस वा कारमा बस्छन् भने चक्कर लाग्न थाल्छ, वाकवाकी लाग्न थाल्छ र उल्टी हुन्छ ।

मानिसहरुलाई घुम्ने धेरै सौख हुन्छ तर गाडीमा उल्टी हुने डरले धेरैले आफ्नो घुम्ने सोचलाई नै त्यागिदिन्छन् ।‘मलाई घुम्न धेरै मनपर्छ तर यात्रामा हुने बान्ता बा उल्टीको कारणले आफ्नो यो सोखलाई पुरा गर्न सक्दिन ।’

‘खास गरेर म आफ्नो यो समस्याको कारणले पहाडमा घुम्न जान पाँउदिन ।’ गाडीमा उल्टी हुने समस्याले गर्दा धेरैले यस्तै पीडा व्यक्त गर्छन् । अझै धेरै जसो मानिसहरुलाई पहाडी बाटोमा यात्रा गर्दा यो समस्या धेरै देखा पर्छ । यसले उनीहरुको यात्रा सुरु हुन भन्दा पहिले नै खराब हुन्छ ।

मानिसहरुलाई घुम्ने धेरै सौख हुन्छ तर गाडीमा उल्टी हुने डरले धेरैले आफ्नो घुम्ने सोचलाई नै त्यागिदिन्छन् । तपाईलाई पनि यस्तै समस्या छ भने आज हामी तपाईलाई केही टिप्सहरु दिन गइरहेका छौं जसलाई अपनाउनुभयो भने तपाईले यो समस्याबाट तुरुन्त छुटकारा पाउनुहुन्छ ।

१. प्याजको रस
यात्रामा हुने उल्टीबाट बच्नको लागि यात्रामा जान भन्दा पहिला १ चम्चा प्याजको रसमा १ चम्चा अदुवाको रस मिसाएर खानुहोस । यसले तपाईलाई यात्राको समयमा उल्टी आँउदैन तर यदि यात्रा लामो छ भने यो रसलाई बनाएर साथमा पनि राख्न सक्नुहुन्छ ।

२. ल्वाङको जादू
यात्राको समयमा जब तपाईलाई जब वाकवाकी लागेको महसुस हुन्छ तब तपाईले तुरुन्तै आफ्नो मुखमा ल्वाङ राखेर चुस्नुहोस् । यस्तो गरेपछि तपाईलाई वाकवाकी लाग्न बन्द हुन्छ ।

३. अदुवा सेवन
अदुवामा एन्टिमेटिक गुण हुन्छ । एन्टिीमेटिक एक यस्तो पदार्थ हो जसले उल्टी र चक्कर आउनबाट बचाँउछ । यात्राको समयमा वाकवाकी लागेपछि तपाई अदुवाको गोली वा अदुवाको चिया पिउनुहोस । यसले तपाईलाई उल्टी हुँदैन् । यदि हुन सक्छ भने अदुवा आफ्नो साथैमा लिएर हिड्नुहोस्।

४.कागतीको कमाल
कागती एक प्रभावकारी औषधी हो यसमा पाइने सिट्रिक एसिडले उल्टी र वाकवाकी लाग्ने समस्या रोक्छ । एक सानो कपमा तातो पानी लिनुहोस र त्यसमा एउटा कागतीको रस तथा थोरै नुन मिसाउनुहोस् । यसलाई राम्रोसँग मिसाएर पिउनुहोस् । अथवा तपाई कागतीको रमलाई तातो पानीमा मिसाएर तथा मह राखेर पनि पिउन सक्नुहुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *