भारत र अस्ट्रेलियाबीचको टेस्ट शृङ्खलाको चौँथो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको छ । योसँगै चार टेस्टको शृङ्खला भारतले २–१ ले कब्जा जमाउदै ७१ बर्षको ईतिहास फर्काएको छ ।
७१ वर्षको इतिहासमा भारतले अस्ट्रेलियामा टेस्ट शृङ्खला जितेको यो पहिलो अवसर हो । अस्ट्रेलियाको भूमिमा टेस्ट शृङ्खला जित्ने भारत विश्वको पाँचौ र एशियाको पहिलो देश हो ।
टेस्ट शृङ्खला जीतको खुसियाली मनाउन कोहली पत्नी तथा बलिउड नायिका अनुष्का शर्मा पनि सिड्नी पुगेकी थिइन् ।
अन्तिम टेस्ट ड्रको घोषणापछि अनुष्कालाई मैदानमा ल्याएर कोहलीले भिक्ट्री वाक नै गराएका थिए । जसन अहिले भारत भर चर्चाको बिषय बनेको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0