श्रीमतीलाई जबरजस्ती करणी गर्ने एकजनालाई जिल्ला अदालत भोजपुरले ६ महिनाको कैद फैसला सुनाएको छ ।
भोजपुर नगरपालिका वडा नम्बर–९ पानीट्याङकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ मकवानपुरका अनिल तामाङलाई अदालतले ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाकोे फैसला सुनाएकोे हो ।
जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन २०७४ को बमोजिम कैद र जरिवाना सुनाएको हो ।
गएको असोज २४ गते इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गएको असोज २५ गते तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0