थाइराइड घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको एक ग्रन्थी हो । यस ग्रन्थीको काम शरिरमा थाइरोइड हर्मोन उत्पादन गर्नु हो । थाइरोइड हर्मोन रगत मार्फत सम्पूर्ण शरिरमा फैलिन्छ, यसको विशेष काम भनेकै खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई नियन्त्रण गर्नु हो । यो पुतलीको आकारको हुन्छ, जसलाई आम बोलचालको भाषामा गलगाँड भनिन्छ ।
यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।
थाइराइड ग्रन्थीमा समस्या भनेको यस ग्रन्थीले बढी र कम हर्मोन उत्पादन गर्नु हो । त्यसैले कतिपय मानिसमा यस ग्रन्थीले आवश्यक भन्दा बढि हर्मोन उत्पादन गर्छ भने त्यसलाई हाइपर थाइराइडिज्म र कम हर्मोन उत्पादन गर्छ भने त्यसलाई हाइपो थाइराडिज्म भनिन्छ । यस्तै हाइपर थाइराइड भयो भने मान्छे दुब्लाउँछ र हाइपो थाइराइड भयो भने मान्छे मोटाउँछ ।पुरा जानकारी भिडियोबाट लिनुहोस
Views: 0