धेरैजसो मानिस कपाल झर्ने समस्याबाट ग्रसित हुन्छन् । यस समस्याबाट छुट्कारा पाउनको लागि मानिसहरु विभिन्न उपायलाई अपनाउँदछन् । तर पनि राम्रो परिणाम पाउन सक्दैनन् । आज हामी तपाइँलाई अम्बाको प्रयोग गरी यस समस्याबाट मुक्ति पाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं । यसले तपाइँको कपाललाई बढाउनमा पनि मद्धत पुर्याउँदछ ।
यस समस्याको समाधानको लागि अम्बाको पात धेरै नै राम्रो उपाय हो । बैज्ञानिकहरुको अनुसार अम्बामा भिटामिन ‘ बी ’ तत्व प्रचुर मात्रामा पाईने भएकोले यसले कपाल झर्ने समस्यालाई रोकि कपाल बढ्नमा सहयोग गर्दछ ।
एउटा भाँडोमा पानी हाली त्यसमा अम्बाको पातलाई राखेर उमाल्नुहोस् । त्यसपछि यस मिश्रणलाई चिसो हुन दिनुहोेस् । र चिसो भएपछि आफ्नो कपालमा राख्नुहोस् । यसपछि कपाललाई सफा पानीले पखाल्नुहोस् । राम्रो परिणामको लागि सुत्नुभन्दा अगाडि यसको प्रयोग गर्नुहोस् ।
Views: 0