जापानी विदेशमन्त्रीलाई बालुवाटारमा सरप्राइज! प्रधानमन्त्रीले दिए जन्मदिनको शुभकामना।

२०७५ पुष २६, बिहीबार १३:०६ गते २०७५ पुष २६, बिहीबार १३:०६ गते २०७५ पुष २६, बिहीबार १३:०६ गते
k|wfgdGqL s]kL zdf{ cf]nL ;+u jfn'jf6f/df lzi6frf/ e]6 ub}{ hfkfgsf ljb]zdGqL tf/f] sfgf] . t:jL/ M k|bLk/fh jGt, /f;;

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र जापानका विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ। नेपालको दुई दिने औपचारिक भ्रमणमा अएका विदेश मन्त्री कोनोले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्। भेटमा दुई मुलुकबीचका आपसी हितका विविध विषयमा छलफल भएको थियो।

त्यस अवसरमा जापानले नेपालको कृषि क्षेत्रको विकासमा पनि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता प्रधानमन्त्रीसँग जनाएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए। प्रधानमन्त्रीसँगको भेटमा जापानका विदेशी मन्त्री कोनोले नेपालसँग सिधा हवाई उडान सम्झौता गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीसँग आभार व्यक्त गरेका थिए भने प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट सो उडानसम्बन्धि तयारीको कामलाई छिट्टै अघि बढाउने जानकारी गराएका थिए।

भेटमा प्रधानमन्त्री ओलीले आगामी अप्रिल १ बाट जापानले नौं वटा देशबाट श्रमिक आयात गर्ने निर्णयमा नेपाललाई पनि सहभागी गराएकोमा जापान सरकारलाई धन्यवाद दिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले बताए।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले जापानका विदेश मन्त्री कोनोको जन्म दिनको शुभकामना दिएका थिए। जापानी विदेश मन्त्री कोनो आज ५६ वर्ष पूरा गरेको अवसर पनि परेकाले प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामनासहित पुष्प गुच्छा प्रदान गरेका थिए।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका जापानी विदेशमन्त्री कोनोको नेपाल भ्रमणको क्रममा बुधबार समकक्षी प्रदिप ज्ञवालीसँग दुई मुलुकबीच सिधा हवाई उडान गर्ने समझदारी भएको थियो।

आगामी मार्च भित्र कानुनी प्रबन्ध गरी दुई मुलुकबीच सिधा हवाई उडान भर्ने सरकारको तयारी छ। नेपालको पूर्वाधार विकासमा जापानले उल्लेख्य प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। -dcnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed