किन कहिलेकाहीँ हातगोडा निदाउँछ ? जन्नुहोस कारण।

२०७५ पुष २७, शुक्रबार २३:१० गते २०७५ पुष २७, शुक्रबार २३:१० गते २०७५ पुष २७, शुक्रबार २३:१० गते

कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ ।

लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।

किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् जानौं यसका बारेमा ।

खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ । अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ ।

यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न ग–यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्छ । यो स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले भएको हुनसक्छ ।लोकान्तर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *