हेर्नुहोस, विश्वका कुन देशको सैन्य शक्ति कति ? यी हुन् सेना नै नभएका देश!

२०७५ पुष २८, शनिबार ०८:५२ गते २०७५ पुष २८, शनिबार ०८:५२ गते २०७५ पुष २८, शनिबार ०८:५२ गते

सीमा सुरक्षा विश्वका हरेक देशको प्राथमिकताको विषय हो। देशभित्र र बाहिरबाट हुनसक्ने सम्भावित हमला रोक्न सीमानामा सैनिक तैनाथ गरिएको हुन्छ। तर, शक्तिशाली देशको उद्देश्य यतिमा मात्रै सीमित रहन्छ भन्ने होइन। विश्वभर आफ्नो प्रभुत्व कायम राख्न उनीहरुले सेनाका लागि ठूलो धनराशी खर्चेका हुन्छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

अमेरिकाः संसारको सबैभन्दा शक्तिशाली सेना अमेरिकासँग छ। अमेरिकासँग २० लाख ८३ हजार १ सय भन्दा धेरै सेना छ। विश्वका धेरै देशमा अमेरिकी सेना तैनाथ छन्।

अमेरिकी सेनासँग १३ हजा ३ सय ६२ आधुनिक विमान छन्, जसमा एक हजार ९ सय ६२ वटा त युद्धविमान नै छन्।

रुसः भूगोलका हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो। रुसमा ३५ लाखभन्दा वढी सैनिक छन्। यी सैनिक विश्वका धेरै देशमा छरिएर रहेका छन्।

चीनः संसारको सबैभन्दा धेरै जनसंख्याको बसोबास चीनमा छ। चीनसँग २६ लाख ९३ हजार सैनिक छन्।

भारतः संसारका विकसित देशहरुको दाँजोमा भारत निकै पछाडि छ। भारतसँग सैनिकको संख्या ४२ लाख छ। भारतीय सेनासँग २ हजार १ सय ८५ वटा विमान छन्।

बेलायतः बेलायती सेना आफ्नो बहादुरीका लागि संसारभर प्रसिद्ध छ। सैन्य क्षमताका हिसाबले यो देश छैटौँ स्थानमा आउँछ। बेलायतसँग २ लाख ७९ हजारभन्दा धेरै सैनिक छन्।

त्यसैगरी फ्रान्सँग २ लाख ८८ हजार, दक्षिण कोरियासँग ५८ लाख भन्दा धेरै, जापानसँग ३ लाख १० हजार भन्दा धेरै, उत्तर कोरियासँग ६४ लाख ४५ हजार, ब्राजिलसँग १९ लाख ८७ हजार, टर्कीसँग ७ लाख १० हजार भन्दा धेरै, जर्मनीसँग २ लाख ८ हजारभन्दा धेरै सैनिक छन्।

संसारमा सेनाविहिन देश पनि छन्। फ्रान्स र स्पेनजस्ता शक्तिशाली देशको बीचमा एन्डोरा भन्ने देश छ। यो देशमा सेना छैन। त्यस्तै कोस्टारिका, मोनाकोसँग पनि सेना छैन।

त्यस्तै हैटी, किरीबाटी, लेच्टेन्सस्टियन, मार्सल आइल्याण्ड, मोरिसियस, माइक्रोनेसिया, पालाउ, पानामा, समोआ, सोलोमन आइल्याण्ड, टुभाुल र भानुआतुले सीमानामा सैनिक राख्दैनन्।नेपालखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *