माघे संक्रान्तिमा भुलेर पनि नगर्नुहोस् यी गल्ति,अशुब हुन्छ (अबश्य शेयर गरौ,धर्म हुन्छ)

२०७५ पुष २९, आईतवार १३:२३ गते २०७५ पुष २९, आईतवार १३:२३ गते २०७५ पुष २९, आईतवार १३:२३ गते

माघे संक्रान्तिको दिन पवित्र नदीमा स्नान गरेर सुर्यलाई अर्घ्य दिने परम्परा रहिआएको छ। ज्योतिष शास्त्रअनुसार ९ ग्रह मध्ये सुर्यलाई राजा मानिन्छ। सुर्य ग्रह जब धनु राशीबाट मकर राशिमा प्रवेश गर्छ। तब माघे संक्रान्ति मनाइन्छ। माघ १ गते देखि सुर्य दक्षिणबाट उत्तरतर्फ अस्ताउने गर्छ।माघे संक्रान्तिपछि खरमास समाप्त हुन्छ।

पौष महिना भरि मांगलिक काम गरिदैन। माघे संक्रान्तिपछि सबै शुभ कार्य शुरु गरिन्छ। शास्त्रका अनुसार उत्तरायणको समयका देवताका दिन र दक्षिणायनका देवताको रात भन्ने गरिन्छ। त्यसैले माघे संक्रान्तिलाई देवताहरुको पनि बिहानी मानिन्छ।

संक्रान्तिमा नदी स्नान, दान, मन्त्र जप, हवन, श्राद्ध र पुजा-पाठ गर्नु पर्छ। मानिन्छ यस दिन दान गर्नाले सयौ गुणा फल प्राप्त हुन्छ। माघे संक्रान्तिमा घिउ, तिल, कम्बल, खिचडी दान गर्नुपर्छ।माघे संक्रान्तिको दिन बिहान चाडै उठेर सुर्यलाई जल चढाउनुहोस्। यस दिन बिहान अबेरसम्म सुत्नु हुदैन। यदि तपाई माघे संक्रान्तिको दिन अबेरसम्म सुत्नु भयो भने सुर्य दोषका कारण जीवनमा बिभिन्न समस्याको सामना गर्नु पर्ने हुन्छ।

कुण्डलीमा सुर्य दोष बढ्छ र नराम्रो समयको आगमन हुन सक्छ। सुर्यको पुजा गर्न बिहान उपयुक्त हुन्छ। यदि तपाई आफुमा सदा सुर्य देवको कृपा चाहनुहुन्छ भने माघे संक्रान्तिको दिन बिहान उठेर स्नान गरि सुर्य देव लाई जल चढाउनुहोस्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *