यस्तो हुन्छ धनी र सम्पन्न मानिसको हस्तरेखा !

२०७५ पुष २९, आईतवार १५:३३ गते २०७५ पुष २९, आईतवार १५:३३ गते २०७५ पुष २९, आईतवार १५:३३ गते

हस्तरेखा विज्ञानको सहायताले मानिसको भूत, भविष्य तथा बर्तमान थाह पाउन सकिन्छ। यस्तै हस्त रेखाका आधारमा भाग्य निर्माण हुने ज्योतिसशास्त्रको दाबि छ । तर यस्ता प्रकारका रेखाहरु जन्म हुनु अगावै निर्धारण हुने जन्मपश्चात यस्तो रेखा निर्माण हुने बताइएको छ । यस्तै हस्तरेखाकै आधारमा जिवन ब्यतित हुने गर्दछ । धनी हुने मानिसको हस्त रेखा कस्तो हुन्छ भन्ने कुराको जानकारी आज हामी तपाईहरुलाई दिन जाँदै छौँ।

समुन्द्र शास्त्रको मान्यता अनुसार जुन मानिसको हातका औलामा जौ जस्तै कुनै चिन्ह भएमा ति ब्यक्तिहरु आफ्नो जिवनमा निकै धनी तथा सुखी हुने कुरा उल्लेख गरेको पाईन्छ । यस्ता मानिसहरु भाग्यसाली हुनुका साथै समाजमा मान तथा प्रतिष्ठा उच्च रहने तथा राजनिति क्षेत्रमा प्रवेस गरेमा सफल राजनितिज्ञ हुने हस्त रेखा बिज्ञानले दाबि गरेको छ ।

हातका औलाहरुमा शंखको आकार भएका ब्यक्तिहरु निकै बुद्धीमान हुने हस्तरेखा बिज्ञानको दाबि छ । यस्ता ब्यक्तिहरुको चार औलामा शंखको आकार भएमा कुनै सरकारी क्षेत्रको उच्च पदस्त पद प्राप्त गर्ने, त्यसैगरी ५ औलामा शंख भएमा बैदेशिक भ्रमण तथा बैदेशी रोजगारबाट निकै फाईदा पुग्ने, ६ वटा औलामा शंख चिन्ह भएमा भार्मीक आस्थावान ब्यक्ति हुने तथा धार्मीक प्रवचनमा निकै तिक्ष्ण हुने मान्यता छ । यसैगरी १० औलामा शंख हुने ब्यक्ति माहात्मा हुने, ८ शंख हुने ब्यक्ति निकै सुखी तथा धनी हुने मान्यता छ ।

हस्रेखामा महत्वका साथ हेरीने अर्को चक्र पनि हो । जुन मानिसको हातका दशवटै औलामा चक्र भएको हुन्छ त्यस्तो मानिसले संसारका हरेक चिज आफ्नो बनाउन सक्छन् । त्यसैगरी एउटा मात्र औलामा चक्र हुनेहरु बिदेवान तथा दुईचक्र हुनेहरु सुन्दर हुने मान्यता छ । यसैगरी हातका तिन औलामा चक्र हुने मानिसहरु निकै सुखि हुनुका साथै ऐस आराम गर्ने प्रकारका हुन्छन् ।

हातको अनामिका औलाको फेदको भागमा सूर्य पर्वत रहेको हुन्छ । सूर्यको रेखा स्पष्ट भएमा सरकारी क्षेत्रमा निकै राम्रो प्रगती गर्न सक्छन् । त्यसका साथै हातको सोही स्थानमा त्रिभुज समेत छ भने त्यस्ता ब्यक्तिहरुको राम्रो प्रभाव देश तथा बिदेशमा रहने हस्तरेखा बिज्ञानको मान्यता रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *