प्रेमीले झारिदिए प्रेमिकाका दांत, कारण : प्रोफाइल फोटोमा आफ्नो मात्र फोटो राखेको

२०७५ पुष ३०, सोमबार १७:४३ गते २०७५ पुष ३०, सोमबार १७:४३ गते २०७५ पुष ३०, सोमबार १७:४३ गते

डेली मेल, फेसबुकको प्रोफाइलमा आफ्नो मात्र फोटो राखेको भन्दै प्रेमीले एक युवती माथि कुटपिट गरी बंगारा झारीदिएका छन् । उनले प्रेमकाको तीन वटा दाँत र बंगारा भाँचिदिएका हुन् । यो घटना नेपालको भने होइन ।

लिभरपुलका लोइस एसटोन नाम गरेकी युवतीलाई उनका२९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयरले यस्तो हालत बनाइदिएका हुन् । उनले फेसवुक प्रोफाइलमा आफ्नो र प्रेमीको संगै रहेको फोटो हटाएर सिंगल फोटो राखेकी थिइन् । सिंगल फोटो फेसवुक प्रोफाइलमा राखेको भन्दै प्रमीले उनलाई निर्घात कुटपिट गरेका हुन् ।

यो घटना तत्कालको पनि होइन । दाँत भाँचिनेगरी कुटपिट गरेका उनका प्रेमी म्याकनेयरलाई ३६ महिनाको जेल सजाय तोकिएको थियो । उनले सो घटना सम्झदै एसटोनले भनिन्, ‘उनी सुरुमा निकै मायालु थिए, मलाई निकै राम्रो व्यवहार गर्दथे । तर समय बित्दै जाँदा उनी परिवर्तन भए ।’ उनले आफुलाई त्यस अघि पनि प्रेमीले कुटपिट गर्ने गरेको बताइन् । ‘उनले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्दथे । एकपटक उनले मलाई थप्पड हाने । अर्को पटक टाउकोमा खुट्टाले हाने ।’ त्यसरी कुटपिट गरेपछि उनले ति प्रेमीसंग सम्बन्ध तोडिदिने मन पनि नबनाएकी होइनन् । तर जब उनले तिमीसंग सम्बन्ध कायम राख्न सक्दिन भन्थिन् त्यतिबेला प्रेमीले उनलाई निकै सम्झाउँथे । आफ्नो गल्ती प्रति माफि माग्थे । त्य पछि उनको मन पग्लिन्थ्यो । सधैं फोन गरेर मसँग रोएर माफी माग्थे र मलाई उनको माया लाग्थ्यो,’ उनले भनिन् ।

जतिवेला उनले दाँत नै फुस्किने गरी निर्घात कुटपिट गरे त्यतिबेला एसटनलाई आफु मर्दैछु जस्तो लागेको थियो । उनले घटना सम्झदै भनिन्, ‘मलाई त्यतिबेला म मर्दैछु जस्तो लागेको थियो । सहयोग माग्नका लागि म घिस्रिएर बाटोमा पुगेकी थिएँ ।’

त्यतिबेला उनका प्रेमी महिलाको ‘नाइट आउट’ पार्टीमा एक्लै थिए । उनले पाटीवाट आएर उनलाई कुटपिट गरेका थिए । एसटोनले भनिन्, ‘हामी पबमा गयौं तर उनी हामीसँग बस्दा पनि बसेनन् । उनी अर्को बुथमा हामीलाई हेर्दै बसे ।’

पबपछि एसटोन म्याकनेयरलाई छोडेर आफ्नो साथीको घरमा ककटेलका लागि गइन् । प्रेमीलाई पार्टीमा छोडेर साथीकहाँ गएकी उनले राति सुत्नु अघि आफ्नो प्रोफाइल पिक्चर चेञ्ज गरेकी थिइन् । तर भोलिपल्ट उनी ओच्यानवाट उठ्न नपाउँदै प्रेमी उनको बेडमा पुगिसकेका थिए । म्याकनेयर उनको खुट्टामाथि उभिएर आक्रमण गर्न सुरु गरिसकेका थिए ।

एसटोनले भनिन्, ‘म त्यहाँबाट भाग्न सफल भएँ । छिमेकीको ढोकामा सहयोगका लागि टाउको ठोकेँ तर कोही पनि उपस्थित भएनन् ।’ त्यसपछि म्याकनेयरले उनलाई लगातार झापड र मुक्का हान्न थाले । उनलाई टाउकोमा लात्ताले हाने ।

उनले भनिन्, ‘त्यसपछि उनले मेरो अनुहारमा यति बेस्सरी मुक्का हाने कि मेरो दाँत नै झर्यो ।’अत्यधिक डराएकी उनले यसबारे पुलिसमा रिपोर्ट दर्ता गरिनन् । उनी घरेलु हिंसापछि महिलालाई दिइने आश्रयस्थल गइन् । त्यति गर्दा पनि उनले सन्तोषको श्वास फेर्न पाइनन् । महिलाहरुको आश्रममा बस्दा पनि प्रेमीले बारम्बार धम्की दिइरहे । त्यस पछि उनी प्रहरीकहाँ पुगेको बताइन् ।

एन्ड्रयू म्याकनेर २०१७ नोभेम्बरमा उपस्थित भए जहाँ उनलाई ३६ महिनाको जेल सजायँ तोकियो । अहिले उनी जेलवाट मुक्त भइसकेका छन् । उनले भनिन्, ‘उनलाई ११ महिनापछि नै रिहा गरियो । उनी अब आफ्नो जीवन खुल्ला रुपमा मज्जाले बाँचिरहेका छन् । उनको अवस्था हेर्दा यस्तो लाग्छ कि उनले जे गरे त्यो निकै सामान्य थियो ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed