५ साधारण व्यायाम जसले तपाईलाई २८ दिनमै यस्तो फिट एण्ड फाईन बनाईदिन्छ

२०७५ पुष ३०, सोमबार १८:४९ गते २०७५ पुष ३०, सोमबार १८:४९ गते २०७५ पुष ३०, सोमबार १८:४९ गते

 आजभोली सबैजना स्वस्थ तथा फिटनेसको खोजीमा छन्  यसका लागि मानिसहरु विभिन्न ब्यायाम गर्नुको साथै महङ्गा फिटनेसका सामाग्रीहरुको प्रयोग गरी स्वस्थ रहने कोशिस गर्दछन्  कोही मानिसहरु खाना कम मात्रामा खाई विभिन्न शारिरीक कसरतहरु घरमै गर्ने गर्दछन्  तर यसबाट राम्रो परिणाम पाउन सकिरहेका हुदैंनन्  साधारणतया सामाग्री तथा उपकरणमा निर्भर नभई स्वस्थ रहने बानीलाई आफ्नो जीवनमा उपयोग गर्ने मानिसले नै दिगो रुपमा प्रगति गर्नुको साथै आफ्नो जीवन सुखीमय बनाउन सक्दछन् 

आज हामी तपाइँलाई चमत्कारिक व्यायामको बारेमा जानकारी दिन्छौं  जस्ले तपाइँको शरीरलाई स्वस्थ तथा फूर्तिलो राख्न मद्धत गर्दछ  यसको लागि तपाइँले ५ व्यायामलाई नियमित रुपमा गर्न जरुरी छ  तपाइँले हरेक दिन यस कसरतलाई गर्नुभयो भनेआफ्नो शरीरमा आएको परिवर्तनलाई एक महिनाभित्रमा नै देख्न सक्नुहुनेछ  यो विधि शरीरमा एब्स बनाउनको लागि पनि उपयुक्त छ  तपाइँले गर्नुपर्ने ५ किसीमका व्यायामहरु निम्नानुसार छन् 
प्लान्क
यो धेरै नै राम्रो अभ्यास हो  यस व्यायामले तपाइँलाई बलियो पाखुरा तथा ऐब्स बनाउनमा मद्धत गर्दछ  सबैभन्दा पहिला पुसअप पोजिशनमा बस्नुहोस्  त्यसपछि आफ्नो कुहिनालाई ९० डिग्रीमा बाङ्गो पारी पाखुराको आधार लिई टाउको देखि खुट्टासम्म सीधा हुनेगरी बस्नुहोस्  आफ्नो कमर तथा नितम्बलाई नचलाईकन सकेसम्म यस पोजिशनलाइ रोकेर राख्नुहोस् 
पुसअप
पुसअप व्यायामले तपाइँको शरीरलाई फिट बनाउन मद्धत गर्दछ  यस व्यायामको लागि सबैभन्दा पहिला प्लान्कको पोजिशनमा बस्नुहोस्  आफ्नो हातलाई पाखुराको ठिक मुनि राखी आफ्नो खुट्टालाई सीधा तन्काई पुरा शरीरलाई माथि घचेट्नुहोस्  त्यसपछि शरीरलाई तल लानुहोस्  र यसै प्रक्रियालाई दोहार्याउनुहोस् 
स्क्वाट्स
स्क्वाटको लागि सबैभन्दा पहिला हातलाई आफ्नो अगाडि लग्नुहोस्  त्यसपछि टाउकोले सीधा अगाडि हेरी अलिकति तल गई बस्नुहोस्  यसबेला तपाइँको पछाडिको भाग पुरै गोलो भएको हुनुहुदैन  यदि सक्नुहुन्छ भने यसलाई अझ तलसम्म लगेर तिघ्रालाई भुइँसंग सामानान्तर हुनेगरी राख्ने कोशिश गर्नुहोस्  त्यसपछि पहिलेकै अवस्थामा आउनुहोस् 
बर्ड डग
यसको लागि सबैभन्दा पहिला प्लान्क पोजिशनमा बस्नुहोस्  त्यसपछि घुँडा तथा हातको आधार लिई एकै समयमा एउटा खुट्टा र त्यसको विपरित हातलाइ सीधा तन्काउनुहोस्  त्यसपछि एकछिन रोकेर यसै प्रक्रियालाई अर्को हात र खुट्टामा पनि गर्नुहोस् 
लाइन्ग हिप रेजेज
सबैभन्दा पहिला आफ्नो घुँडालाई अलिकति बाङ्गो गरी भुँईमा सुत्नुहोस्  त्यसपछि आफ्नो हातलाई ४५ डिग्री बनाई फैलाउनुहोस्  र कम्मरलाई माथि उचाल्नुहोस्  त्यसपछि विस्तारै तल ल्याउनुहोस्  यसै प्रक्रियालाई फेरि दोह्रोयाउनुहोस् 
माथिका व्यायामहरुलाई निम्नानुसार योजना बनाई गर्नुहोस् 
चार सप्ताहको योजना
यस योजनाअन्तर्गत तपाइँले दुई किसीमले कसरतको योजना बनाई गर्नुपर्ने हुन्छ 
कसरत – 
१ मिनेट प्लान्क
१ मिनेट पुसअप
२ मिनेट स्क्वाट्स
१ मिनेट बर्ड डग
१ मिनेट लाइन्ग हिप रेजेज
१ मिनेट प्लान्क
१ मिनेट पुसअप
२ मिनेट स्क्वाट्स
तपाइँले यस अभ्यासको बीचमा १० सेकेण्ड आराम गर्न सक्नुहुन्छ 
कसरत – 
३ मिनेट प्लान्क
३ मिनेट बर्ड डग
३ मिनेट लाइन्ग हिप रेजेज
१ मिनेट पुसअप
यस अभ्यासको बीचमा तपाइँले १५ सेकेण्डको आराम लिन सक्नुहुन्छ 
तपाइँले यस किसीमले कसरतलाई हप्तामा ६ दिन सम्म गर्नुहोस्  र एकदिन आराम लिनुहोस् 
पहिलो हप्ता
पहिलो दिन :कसरत – 
दोस्रो दिन :कसरत – 
तेस्रो दिन :कसरत – 
चौथो दिन :कसरत – 
पाचौं दिन :कसरत – 
छैटौं दिन :कसरत – 
सातौं दिन :आराम
दोस्रो हप्ता
पहिलो दिन :कसरत – 
दोस्रो दिन :कसरत – 
तेस्रो दिन :कसरत – 
चौथो दिन :कसरत – 
पाचौं दिन :कसरत – 
छैटौं दिन :कसरत – 
सातौं दिन :आराम
दोस्रो हप्तालाई पुरा गरिसकेपछि पुनः पहिलो हप्तामा आउनुहोस् 
यसरीे नियमित रुपमा कसरत गर्नाले आएको परिणाम बाट तपाइँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ  यसबाट तपाइँको शरीर बलियो र कस्सेको देखिन्छ  र यसले गर्दा तपाइँलाई राम्रो महशुश हुनेछ  र स्वास्थ्यमा पनि सुधार आउनेछ  यसको अभ्यास गर्दा तपाइँले स्वस्थ खाना खानुको साथै प्रशस्त मात्रामा पानी पिउन जरुरी छ  यस अभ्यासको प्रयास गर्नुहोस् र आएको परिणामलाई तपाइँ आफैले हेर्न सक्नुहुनेछ 

एजेन्सी 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed