किनपुरुष नर्स उत्पादन गर्ने प्रयास नेपाल असफल ?

२०७५ माघ १, मंगलवार ११:४५ गते २०७५ माघ १, मंगलवार ११:४५ गते २०७५ माघ १, मंगलवार ११:४५ गते

काठमाडौं, ३० पुष । खस्कदो पारिश्रमिक, घट्दो क्रेज र बढ्दो बेरोजगार दरले नर्सिङ पेशाप्रति महिला नै उदास छन् । यस्तो अवस्थामा नर्सिङ पेसामा पुरुषहरुको पनि आवश्यकता खड्किएको भन्दै सरकारले यस शैक्षिक सत्रदेखि नर्सिङ शिक्षामा पुरुषका लागि १५ प्रतिशत कोटा छुट्याए पनि कुनै पनि कलेजमा कोटा परिपूर्ति हुने गरी पुरुष नर्सहरु भर्ना भएनन् ।

नर्स भन्ने बित्तिकै महिला मात्रै हुन् भन्ने सोचाइ नेपाली समाजमा विद्यमान छ । त्यसैले त २०५० साल अगाडि नर्स पढेका पुरुषहरु आफुलाई नर्सहरु ले नै सिस्टर भनेर जिस्क्याउने गरेको गुनासो गर्छन । ५० साल यता बन्द भएको नर्सिङ शिक्षामा पुरुष सहभागिता २०७५/७६ शैक्षिक सत्रदेखि खुलेको छ ।

वार्षिक १ सय २५ कलेजबाट १५ प्रतिशत पुरुष नर्स उत्पादन हुँदा वर्षमा एक हजार १ सय ५५ पुरुष नर्स उत्पादन हुने अनुमान गरिएको थियो तर त्रिभुवन विश्वबिद्यालय अन्तर्गतका कुनै पनि नर्सिङ कलेजमा यो शैक्षिक सत्रमा कोटा परिपूर्ति भएन ।

बीरगञ्ज नर्सिङ क्याम्पसमा सबै भन्दा बढी ६ जना पुरुष नर्सिङ शिक्षा अध्यनको लागि भर्ना भएका छन् । त्यसै गरी बिराटनगर नर्सिङ क्याम्पसमा ४ जना, नेपालगंजमा १ जना र महाराजगञ्जमा शून्य छ । त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्यन संस्थान अन्तर्गतका सबै नर्सिङ कलेजमा गरी जम्मा ११ जना पुरुष नर्सिङ शिक्षामा यो बर्ष भर्ना भएका छन् ।

पूर्वाञ्चल विश्वबिद्यालय अन्तर्गतका नर्सिङ क्याम्पसहरुमा एकजना पनि पुरुष नर्स भर्नाको लागि आएनन् । पीसीएलमा नर्सिङ शिक्षाको लागि १५ प्रतिशत पुरुष नर्सको कोटा छुट्याएको भए पनि कुनै पनि पुरुष विद्यार्थीले फर्म नै नभरेको गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पसका प्रशासन प्रमुख द्वारिका श्रेष्ठले बताए ।

न्यून जानकारी र नेपालमा यो पेसा महिला कै हो भन्ने मानसिकताले पुरुषको नर्सिङ शिक्षामा यो बर्ष आकर्षण नदेखिएको नर्सिङ काउन्सिलकी रजिष्टार बिन्दा घिमिरेको भनाइ छ ।

पुरुष बिरामीको हेरचाह र दूर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सजिलो हुने भएकोले पुरुष नर्सको आवश्यकता अस्पतालहरुमा देखिएको छ ।

देशमा बेरोजगार दर बढे पनि विदेश जानकै लागि नर्सिङ पढ्नेको जमात ठूलो छ । २०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ सुरु भएको थियो । चार ब्याचसम्म मात्र अध्ययन भएको त्यो समयमा ८० जना पुरुष नर्स जनशक्ति उत्पादन भएका थिए ।

पुरुष नर्सिङ नेपालमा असफल प्रयोग हो । अहिले नर्सिङ शिक्षामा पुरुषरुहको आकर्षण नहुनुले हाम्रो समाज नर्स भनेको महिला मात्रै हुन् भन्ने मानसिकताबाट मुक्त नभइसकेको प्रष्ट देखिन्छ । र बिरामीको हेरचाह गने काम महिलाले मात्रै गर्ने काम हो भन्ने सोाच अहिलेको पुस्तामा पनि कायमै छ ।न्युज २४

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *