काठमाडौं, १ माघ । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्र र नेता रञ्जु दर्शनाको विषयमा भ्रमपूर्ण समाचार लेखेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सो पार्टी फुटेपछि नेता रञ्जु दर्शनाले रविन्द्र मिश्रले पार्टी कार्यालयमै आफुलाई रविन्द्र मिश्रले बलात्कार गर्ने प्रयास गरेको भनेर भ्रामक समाचार लेखेको भन्दै प्रहरीले पत्रकारलाई पक्राउ गरेको हो ।

विवेकशील साझा पार्टीमा भएको फुटपछि संयोजक रवीन्द्र मिश्र र नेतृ रञ्जु दर्शना (न्यौपाने) लाई जोडेर नेपालटक डट कम र मुक्तिखबर डट कममा भ्रमपूर्ण समाचार प्रकाशन भएको थियो । सो समाचार लेख्ने पत्रकार श्याम रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक मेलम्ची घर भइ हाल काठमाडौँको शान्तिनगरमा बस्ने रोक्कालाई प्रहरीले मंगलबार बूढानीलकण्ठ नगरपलिका–६ बाट पक्राउ गरेको हो। उनीमाथि विद्युतीय अपराध तथा कसुर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

नेपाल टक डट कमका सञ्चालक रहेका रोकाले विवेकशीलको फुटपछि रञ्जु दर्शनाले आफूलाई संयोजक मिश्रले पार्टी कार्यालयमै बलात्कार गर्न खोजेको बताएको भन्दै समाचार सम्प्रेषण गरेका थिए।

उनले सम्प्रेषण गरेको समाचार भ्रमपूर्ण रहेको भन्दै नेतृ दर्शनाले सामाजिक सञ्जालमार्फत त्यसको खण्डन गर्नुका साथै अपराध महाशाखामा साइबर क्राइम र गाली बेइजती अन्तरगत उजुरी दर्ता गराएकी थिइन्। रञ्जुको उजुरीकै आधारमा नेपाल प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको हो। महाशाखाले भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न सबैमा अनुरोध समेत गरेको छ। लाइट नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *