अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि ‘एन्टिबायोटिक’

२०७५ माघ १, मंगलवार २२:३७ गते २०७५ माघ १, मंगलवार २२:३७ गते २०७५ माघ १, मंगलवार २२:३७ गते

इलाम, १ माघ । चिकित्सा शिक्षा विधेयकसम्बन्धी असन्तुष्टि जनाउँदै यहाँ अनशनमा बस्नुभएका प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारमा थप सुविधा दिइएको छ ।

विगत सात दिनदेखि अनशनमा रहनुभएका डा केसीलाई रगत, मुटु, फोक्सो र पिसाबसम्बन्धी समस्या देखिने भएपछि उहाँलाई स्वास्थ्य सुविधा थप गरिएको हो ।“डा केसीको स्वास्थ्यमा धेरै किसिमका रोगको सङ्क्रमण देखिएकाले थप सुविधा दिइएको हो, स्वास्थ्य अवस्था बिगँरदै गएपछि उहाँलाई हामीले सुईबाट एन्टिबायोटिक (आइभी एन्टिबायोटिक) औषधि दिन शुरु गरका छौँ” इलाम अस्पतालका चिकित्सक डा वृजेशकुमार शाहले भन्नुभयो, “हामीले अरू सेवा पनि दिन खोज्यौँ तर डा साबले डा गोविन्द केसीले मान्नु भएन ।” डा शाहका अनुसार अनशनरत डा केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ ।

डा शाहका अनुसार केसीलाई आइसियूमा राख्नुपर्ने भए पनि अस्पतालमा आइसियू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आइसियूको सेवा दिने तयारीसमेत भइरहेको उहाँले बताउनुभयो ।लाइट नेपाल

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *