एजेन्सी । सर्प भन्ने वित्तिकै हामी सबैलाई डर लाग्छ । वर्षाको समयमा सर्पको डरले हामी टर्च लाइट नलिएर बाहिर निस्कन पनि डराउँछौं । तर भारतमा भने अनौठो सर्प देखिएको भन्दै पल्लो पल्लो गाउँका स्थानिय समेत सर्प हेर्न झुम्मिएका छन् । भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लागेको हो ।
सर्पको टाउको चम्किएको देखि पछि चमत्कारी भन्दै त्यहाँका गाउँलेहरुको भिड लागेको हो । कोब्राको पूजा आराधना गर्न गाउँलेको भिड लागेको हो । समाचारमा बताइएअनुसार शीरमा सुनौलो रङको प्रकाश देखेपछि कोब्रा हर्नेको भीड लागेको हो। सो विषयलाई भारतका मिडियाले पनि निकै चर्चा गरेका छन् । अहिले भारतका सोसल मिडियामा उक्त सर्पको भीडीयो भाइरल भएको छ भने समाचारहरु प्रसारण भएको छ । ।भीडीयोमा सर्प नजिकै एउटा कुकुर भुक्दै गरेको छ भने सर्पको टाउकोमा चम्किलो प्रकाश आइरहेको समेत दृश्य देखिन्छ।
समाचारका अनुसार होलमाकी गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। त्यो देखेर अविनाश पनि खेत तिर गए । तर त्यहाँ उनले जे देखे त्यो वाट उनको होस उड्यो । त्यहाँ उनले कोब्रा जातको अनौठो सर्प देखे।उनले सर्पको नजिकै कुकुर भुक्दै गरेको दृश्य कैद गरे। लगत्तै उनले उक्त भीडीयो सोसल मिडियामा सार्वजनिक गरे।
तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कारी नभएको बताएका छन् । उनीहरुले नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिने गरेकाले त्यो पनि साही सर्प भएको बताएका छान् । खेतमा आएको सर्पमा पनि त्यही प्रकाश देखिएको हुनसक्ने उनले बताए । विज्ञका अनुसार गर्मीका कारण सर्पको टाउकोमा चम्किलो प्रकाश देखिने गर्छ।लाइट नेपाल
Views: 0