कोहलपुरमा केही दिन अघि घाँटी रेटेर विभत्स हत्या गर्ने अभियुक्तलाई पक्राउ गर्न प्रहरीले बर्दियामा चलायो गोली

२०७५ माघ २, बुधबार १७:१३ गते २०७५ माघ २, बुधबार १७:१३ गते २०७५ माघ २, बुधबार १७:१३ गते

बर्दिया, २ माघ । बर्दियामा प्रहरीले हत्या आरोपीलाई पक्राउ गर्दा गोली चलाएको छ । हत्या आरोपी भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । बाँकेको कोहलपुरमा एक युवालाई घाँटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले बर्दियावाट एक जनालाई पक्राउ गरेको हो ।

बाँके राप्ती सोनारी गाउँपालिका शससेरगञ्जका युवारज गिरीलाई प्रहरीले बर्दियावाट पक्राउ गरेको छ । पक्राउ गर्न गएको प्रहरीलाई नै प्रहार गर्दै भाग्न खोजेका गिरीलाई प्रहरीले खुट्टामा गोली हानेको छ । सुर्खेत सिम्ता गाँउपालिका ४ का दिपक सिंह ठकुरीको घाँटी रेटेर हत्या गरिएको थियो । उनको कोहलपुरमा विभत्स अवस्थामा शव फेला परेको थियो ।

प्रहरीमा भर्ना हुन भन्दै सुर्खेतवाट आएका ठकुरीको कोहलपुरमा शव फेला परेको हो । बाँकेको कोहलपुर नगरपालिका वडा नं। ११ स्थित नयाँ बसपार्क नजिकै उनको शव विभत्स अवस्थामा फेला परेको थियो । अभियुक्तलाई पक्राउ गर्न गएको प्रहरी टोलीले बर्दियाको मधुवन नगरपालिका ३ वाट गिरीलाई पक्राउ गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *