डा केसीको शरीरमा हानिकारक रसायन बढ्दै, मिर्गौलाले जुनसुकै समयमा काम गर्न छाड्न सक्ने

२०७५ माघ २, बुधबार २०:४५ गते २०७५ माघ २, बुधबार २०:४५ गते २०७५ माघ २, बुधबार २०:४५ गते

काठमाडौं– इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्यमा विभिन्न ९ वटा समस्या देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञ डाक्टरहरुको टोलीले गरेको परीक्षणमा उनको स्वास्थ्यमा खतराका संकेतहरु देखिएको हो।

प्रतिष्ठानको अस्पतालका सहनिर्देशक डा विकास साहको टोलीले डा केसीलाई तत्कालै आइसियू र सिसियू भएको अस्पतालमा सार्नुपर्ने सुझाव दिएको छ।

परीक्षणका क्रममा डा केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ।

रिपोर्ट हेर्नुहोस 


https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *