सुन तस्करी काण्ड : एसएसपी खत्री एयरलाइन्सका कर्मचारी डंगोललाई थुनामै राख्न अदालतको आदेश

२०७५ माघ ३, बिहीबार २१:१० गते २०७५ माघ ३, बिहीबार २१:१० गते २०७५ माघ ३, बिहीबार २१:१० गते

विराटनगर, माघ । उच्च अदालत विराटनगरले करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादस्पद एसएसपी श्यामबहादुर खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ। उच्च अदालतमा मुख्य न्यायाधीश डा। कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई बिहीवार थुनामै राख्न आदेश दिएको हो।

विवादास्पद छविका खत्रीले त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा ड्राइभर बिष्णुबहादुर खड्का र सहयोगी अमरबहादुर थापा मगरलाई प्रयोग गरी चूडामणि उप्रेती गोरेको समूहले दुवईबाट भित्राएको सुन एयरपोर्टबाट कटाउने काम गरेका थिए।

खत्रीले एयरपोर्टबाट सुन कटाए वापत प्रतिकिलो ४६ हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो। डंगोलले भने एयरपोर्टमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले डंगोललाई गत जेठ ८ गते र खत्रीलाई जेठ २९ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले मोरङ प्रहरीमार्फत गत बैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्धा दायर गरेको थियो।

सो मुद्दामा १७ अर्व एक करोड ( लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम (करिब ३ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावी गरिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *