रोजगारीका लागि जापान लग्ने भन्दै २६ जनालाई ठगेर एजेन्ट फरार

२०७५ माघ ३, बिहीबार २२:१८ गते २०७५ माघ ३, बिहीबार २२:१८ गते २०७५ माघ ३, बिहीबार २२:१८ गते

सुर्खेत । जापान पठाइदिन्छु भन्दै सुर्खेतको २६ जना ब्यक्तिहरुसँग प्रति ब्यक्ति १ लाखका दरले २६ लाख रुपैयाँ लिई बुटवल ५ सेमलारका गुरु प्रसाद चालिसे फरार भएका छन् । वेरोजगार युवाहरुलाई जपानमा रोजगारी लगाईदिने भन्दै गुरुप्रसाद चालिसेले एक एक लाख मागेपछि पीडितहरुले उनको ग्लोवल आईएमई बैंकमा रहेको खातामा पैसा जम्मा गरेका थिए ।
धेरै लामो समयसम्म पनि जापान पठाउने टुंगो नलागेपछि चालिसेलाई बारम्बार फोनमा कुरा गर्दा विभिन्न बहाना बनाउदै पन्छिने काम गर्ने पीडितहरुको भनाई छ ।

बारम्बार ताकेता गरेपछि चालिसेले जापान पठाइदिने भन्दै लियको पैसा फिर्ता दिने भनेर केही ब्यक्तिहरुलाइ चेकसम्म काटेर दिएका छन तर अहिलेसम्म ती ब्यक्तिहरुले पैसा भने पाएका छैनन् ।
पीडित ब्यक्ती मध्ये बिरेन्द्रनगर १३, सुर्खेतका हरि बहादुर गाहाले वैदेशिक रोजगार बिभाग, बुद्धनगर काठमाडौंमा जाहेरी दिएका छन् । सो जाहेरी पछि वैदेशिक रोजगार विभागले महानगरीय प्रहरी बृत, रानीपोखरी काठमाडांै र जिल्ला प्रहरी कार्यालय बुटवललाई चालिसेलाई पक्राउ गरी उपस्थित गराइदिने सम्बन्धमा चिठी काटेको छ ।
पीडितहरुले पटक पटक फोन मार्फत चालिसेसंग कुरा गर्दा पीडितहरुलाई धम्क्याउने गरेकोे र जहां गए पनि जान भन्दै धम्की दिने गरेको पीडितहरु बताउछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *