काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइने भएको छ ।
डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएको छ ।
चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको हो ।
डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा. केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै लैजाने तयारी गरेका हौं’ डा.केसीका सहयोगी अविशेषराज सिंहले भन्नुभयो ।
डा.केसीलाई उहाँको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो । डा केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा लाने बताइएको छ ।लाइट नेपाल
Views: 0