बेलायत, ४ माघ – बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा परी घाइते भएका छन् ।
अन्तराष्ट्रिय मिडियाका अनुसार फिलिप चढेको कार दुर्घटनामा परेको हो ।
९७ वर्षीय फिलिप दुर्घटनामा घाइते भएपछि अबस्था खतरामुक्त रहेको बताइएको छ ।उनको शरीरमा भित्री चोट नरहेको चिकित्सकले जनाएका छन् ।
उनी सवार मोटर भने क्षतिग्रत भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ । अ
न्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरूले जनाएका छन् । ठक्करबाट दुई जना महिला पनि घाइते भएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0