काठमाडौं, ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा विरोध जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदका प्रश्नहरूको जवाफ दिए लगत्तै कांग्रेसका सांसदहरू आफ्नो सिटबाट उठेर विरोध जनाएका हुन् ।

सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्ने समय दिएका थिए । खाँणले तनहुँको जिपि कोइराला स्वास्सप्रस्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले संघीय सरकार मातहत नराखेकोमा आपत्ति जनाएका थिए ।

नेपालमा गणतन्त्र स्थापना गर्न अहम् भूमिका खेलेका पूर्वप्रधानमन्त्री एवं तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नाममा खुलेको अस्पताल संघीय सरकार अन्तर्गत हुनुपर्ने माग गरेका हुन् ।

त्यसैगरी खाँणले बाँकेमा संविधान निर्माणका क्रममा मुलुकको प्रधानमन्त्री रहेका सुशील कोइरालाको नामको क्यान्सर अस्पताल पनि संघीय सरकार मातहत हुनुपर्ने र तत्काल त्यो निर्णय गर्न सरकारसँग माग गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *