यस्तो थियो अवस्था ११ सय भोल्टको करेन्ट लाग्दा कृष्ण ओलीको !

२०७५ माघ ४, शुक्रबार २२:२६ गते २०७५ माघ ४, शुक्रबार २२:२६ गते २०७५ माघ ४, शुक्रबार २२:२६ गते

रुकुमका कृष्ण वलिको जीवनमा जे घट्यो, म मात्रै हैन सबै नेपाली रुनु हुनेछ । २१ बर्षका कृष्ण र २१ बर्षकै रुपाले अन्तरजातिय बिहे गरेको १ बर्ष पुरा भएकै दिनको भोलीपल्ट कृष्णलाई करेन्ट लागेर २ वटा हात र एउटा खुट्टा काट्नु पर्यो ।

सानैमा बाबाले छोडेका कृष्णको आमाले पनि अर्को पुरुषसँग घरजम गरिन्, मामाघरको हजुरआमाले नै उनलाई हुर्काए । कृपया सबैले सहयो गरौं । कृष्णको परिवार यतिबेला ३५ लाख भन्दा बढि ऋणमा डुबेको छ, मृत्युलाई जितेर बाँचेका कृष्णको उपचारमा ७० लाख भन्दा बढि खर्च भैसक्यो । २१बर्षकी रुपालाई आफन्तले नै अब श्रीमान् छोड्दे किन यस्तोसँग बस्छेस भन्छन् !
यदि उनले समयमा नै हाम्रो साथ र माया पाएको भए साहेद आज उनले २ हात र १ खुट्टा भने गुमाउने थिएनन होला । उनि अहिले देश विदेशमा रहनु भएको सम्पूर्ण नेपाली सहयोग भने पाइरहेको छन । उनलाइ यो गुमाउनु भन्दा पनि अहिले सबैको साथ र माया देखेर उनि आफै भनेका छन् मेरो दुइ हात खुट्टा अझै नि सहकुशल भएको अनुभब भने गरेका छन् ।

तपाईको माया र साथले दुई हप्ताअघि म एक्लोले चालेको कृष्ण वलि सहयोग अभियान अहिले बिश्वव्यापी बनिसक्यो । निकै नै गदगद छु। यो एकहप्ता कृष्णका लागि सहयोग जुटाएरै बिते । अन्य भिडियो युटुबमा अप्लोड गन सकिन त्यसको लागि माफी चाहन्छु ।

काठमाडौं तपाईहरुको साथ र सहयोग अझै रहिरहे आफ्नो हात र खुट्टा जोडिने लगभग पक्का भईरहंदा कृष्ण वलिले मलाई भने -दाई, हात खुट्टा जोडिएपछि पहिला त तपाईको भिडियोमा सबैले देख्ने गरी नाच्छु । सबैको सहयोगले आफुले पाएको नयां जिन्दगीमा कृष्ण सामाजिक अभियन्ताको रुपमा उदाउन चाहन्छन् । आफ्नो जस्तो पिडा कसैले भोग्नु नपरोस..हात खुट्टा जोडिएपछि सबैलाई करेन्ट सम्बन्धी जनचेतना फैलाउन चाहन्छन् ।

तपाई सबै देश तथा बिदेशबाट सहयोग गर्ने सबैले सय हजार गरी पठाउनु भएको सहयोग रकम लिएर फेरी पनि कृष्णको घर पुगें । यसपाली सहयोग रकम उठ्यो, ९ लाख ९० हजार १० रुपैंया, त्यसमा हाम्रो अघिल्लो भिडियोको ९ हजार ९ सय ९० हाम्रो तर्फबाट दिदै कृष्णका लागि १० लाख सहयोग रकम बुझाएं ।

कृष्ण वलिको पहिलो भिडियोको याद ताजै छ। रुपा धेरै रोएकी थिईन् । कृष्णले आफ्नो आंशु लुकाए भक्कानिएका थिए, अनि हजुरआमा पनि रुनु भएको थियो । तर हामी मिडियामा कोहि दुखी, पिडत र समस्यामा परेकाको सारथी बन्ने सके दुई हप्तामै यस्तो परिवर्तन आउने रहेछ । यो अर्को उदाहरण बन्यो अहिले कृष्णको परिवार सबैको साथले कृष्णको हात र खुट्टा जोडिनेमा ढुक्क छन् अनि खुशी छन् ।

कृष्ण रुपा र आमाको नछुने कुरा मात्रै हैन यो भिडियो भित्र रमाईली हजुरआमाको ढटेयौली कुरा पनि छन् ।यो भिडियोलाई पुरा हेर्नुहोला । हामीलाई हौसला दिन सबैले भिडियो लाईक गर्नुहोला । कृष्णको लागि अझै सहयोग रकमको खांचो छ, सक्नेले सहयोग गरौं, सक्नुहुन्न भिडियोलाई सबैले सेयर गरौं । सहयोगका लागि कृष्ण वलिको बैंक खाता नं हामीले स्क्रिनमा राखिदिएका छौं । मिडियामा मार्फत् सहयोग गर्न चाहनुहुन्छ भने मलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । आउनुहोस पुरा भिडियो हेरौं ।
जब गरि, दुखी र समस्यामा परेको व्यक्ति देख्छु, आमाको त्यहि भनाईलाई सम्झन्छु । अघिल्लो भिडियोमा रुकुमका कृष्ण वलिको कथा सुनेर र व्यथा बुझेर धेरैले म निकै रोएं भनेर फोन गर्नुभयो । २१ बर्षे कृष्णको जीवनमा परेको बज्रपात, त्यसमा २१ बर्षकै कृष्णकी श्रीमती रुपाको अटुट साथ र तपाईको बोलीले धुरुक्कै रुवायो भनेर धेरैले भन्ुभयो कतिले त रुदै फोन गर्नुभयो ।

सहयोगका लागि
कृष्ण वलि
खाता नं ०७७०५०३१६५२०५००१
सनराईज बैंक
Contact Number-
सिधै पिडितलाई सहयोग गर्न-9803745708(Krishna Oli)
मेरो आमाले भन्नुहुन्थ्यो – आफ्नो लागि आफै त संसारमा जो पनि बांचेको हुन्छ, अरुको लागि बांच्न सके मात्र जीवन अर्थपुर्ण हुन्छ ।
नमस्कार म शिशिर भण्डारी, कृष्ण वलिको दुखद कथा तर जीवनमा कहिले पनि आफ्नो श्रीमानको साथ छोड्दिन भन्ने रुपा पुलामी मगर वलिको दरिलो वाचा समयले मलाई उनीहरुसंग भेटायो । हामीले बनाएको कृष्णको भिडियो लाखौं नेपालहरुले सेयर गर्नुभएछ । कृष्णको र रुपाको कथाले धेरैलाई छोएछ । त्यसैकारण म आज फेरी कृष्ण बसेको ठाउंमा जाने मौका मिल्यो ।यो मौका तपाई सहयोगी मन भएका नेपालीहरुले नै दिनुभएको हो । हामीलाई बिश्वास गरेर कृष्णको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै देश तथा बिदेशबाट सहयोगी नेपाली दाजु भाई दिदी बहिनीहरुको पठाउनु भएको ४ लाख भन्दा बढि सहयोग रकम लिएर म कृष्णलाई भेट्न गएं ।

दुई दिनमै कृष्णका लागि यति धेरै सहयोग उठिरहंदा जीवनमा फेरी अर्को पटक खुशी भएं । सांच्चै एक एक मिलेर हजार बन्छ । करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्णको परिवारमा खुशी फर्काउन आफुले सकेको सहयोग गर्ने तपाई सबै सहयोगी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई धेरै धेरै धन्यवाद ।

कृष्णको उपचारको क्रममा ७० लाख भन्दा बढि सकियो, ३५ लाख भन्दा बढि ऋणमा डुबेको कृष्णको परिवारलाई सहयोग गर्ने क्रम नरोकियोस् । सबैले अझै सहयोग गरिदिनुहोला । कृष्ण वलिको बैंक खाता नं हामीले स्क्रिनमा राखिदिएका छौं । हामी मार्फत नै सहयोग गर्न चाहनुहुन्छ भने मोबाईल नं ९८११००६९२९ मा सम्पर्क गर्नुहोला। तपाईको सहयोगको जानकारी हामी अर्को भिडियोमा दिनेछौं ।

सबैतिरबाट सहयोग रकम जुट्न थालेपछि कृष्ण, रुपा र हजुरआमा खुशी छन् । हजुरआमा ले मलाई धेरै आशिर्वाद पनि दिनुभयो । हजुरआमाको आशिर्वादले मलाई अझै यस्ता भावनात्मक कामहरु गर्न मन लागिरहोस् ।

यि २ दिन अन्य काम छोडेर कृष्णको लागि सहयोग रकम जुटाउंदैमा बिते । मैले बाचा गरेको छु कृष्णलाई कि सबैबाट सहयोग जुटाएर कृत्रिम हात खुट्टाले हिड्न र काम गर्न सक्ने बनाउंछु भनेर । यसमा तपाईको साथ रहिरोस ।कृष्णको दुखमा सबैको साथ र सहयोग रहनुमा रुपाको ठुलो हात छ । रुपाप्रति सबैको माया र सम्मानले पनि सबै सहयोग गर्न लागिरहनु भएको छ । माया र प्रेममा स्वार्थ हाबि भईरहेको समयमा रुपा मायाकी प्रतिमुर्तिकी रुपमा सबैको मनमा बसेकी छिन् । यस्ती महान नेपाली नारी रुपाप्रति मेरो पनि शिर निहुराएर ठुलो सम्मान ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *