जसले भारतीय रियालिटी शोमा नेपाली ढाका टोपी लगाएर स्टेजमा मच्चाए हंगामा (हेर्नुहोस भिडियो )

२०७५ माघ ४, शुक्रबार २२:३९ गते २०७५ माघ ४, शुक्रबार २२:३९ गते २०७५ माघ ४, शुक्रबार २२:३९ गते

काठमाडौं– भारतीय विभिन्न टेलिभिजनका रियालिटी शोमा विदेशीको प्रस्तुति हेर्दै आएका नेपाली अहिले आफ्नै देशका नागरिकलाई त्यस ठाउँमा हेर्न पाउँदा खुसी नहुने कुरै भएन् ।

केही समयअघि मात्र कास्कीकी मेनुका पौडेलले जी टिभीबाट प्रसारण हुने सिंगिङ रियालिटी शो ‘सारेगमप’मा आफ्नो कला देखाएर भारतिय कलाकारलाई कसमेत चकित पारेकी छन् ।

उनको प्रतिभाबारे भारतीय गायक तथा संगीतकारले खुलेर तारिफ गरेका थिए । अहिले सोही टेलिभिजनको सारेगमप लिटल च्याम्सको मेघा राउन्डमा ११ वर्षीय प्रितम आचार्यको चर्चा सुरु भएको छ । सुनसरी इटहरीका प्रितम गायनमा निकै पोख्त छन् । उनले यसअघि मुम्बई र दिल्ली अडिसन पार गरिसकेका छन् ।

मेघा राउन्डमा उनले जजहरूको तर्फबाट स्ट्यान्डिङ अवेसन साथै निकै राम्रो प्रतिक्रिया पाएको भिडियो इन्स्टाग्राममा भाइरल बनेको छ ।जुन भिडियोमा गायक शानलगायतका जजहरुले निकै उत्साहका साथ प्रितमलाई बोकेर उचाएका छन् । ढाका टापी लगाए उनले गाएको अति नै हेरौ हेरौ लागने खालको थियो ।

प्रितम आचार्य नेपालको सुरशाला आइडल जुनियरका उपविजेतासमेत हुन् । उनी इटहरीको विश्व आदर्श स्कुलमा पढ्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *