शनि यस समय धनु राशिमा छ । शनिको यस स्थितिको कारण वृश्चिक, धनु र मकर राशिमा साढेसात चलिरहेको छ ।
यी तिन राशिहरुको साढेसात स्थिति अलग-अलग र प्रभाव पनि अलग-अलग छ । आउनुहोस जानीराखौ शनिको साढेसात कम गर्नको लागि राशीअनुसार के उपाय लगाउनुपर्छ:
वृश्चिक राशिमा साढेसात: वृश्चिक राशिमा साढेसातको प्रभाव अन्तिम चरणमा छ । त्यसैले वृश्चिक राशि हुनेहरुले स्वास्थ्यको धेरै ख्याल गर्नुपर्दछ। करियर तथा रोजगारमा परिवर्तनको योग बनेको छ।
साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्:
– शनि मन्त्रको जप गर्नुहोस। – शनिबारको दिन पिपलको फेदमा बत्ति बाल्नुहोस। – शनिबार कालो वस्तु दान गर्नुहोस । – मासु र मदिराबाट टाढा रहनुहोस।
धनु राशिमा साढेसात: धनु राशिमा साढेसातको प्रभाव मध्य चरणमा छ। यस समय मान-सम्मान बढ्छ ।
साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्: – हनुमान चालीसाको पाठ गर्नुहोस। – मंगलबार र शनिबार हनुमान जीको दर्शन गर्नुहोस। – शनिबार पिपलको फेदमा बत्ति बाल्नुहोस।
मकर राशिमा साढेसात: मकर राशिमा साढेसातको प्रभाव प्रथम चरणमा छ। यस समय धेरै यात्रा नगर्नुहोस्।
साढेसातको प्रभावबाट बच्नको लागि यी उपाय अपनाउनुहोस्:
– शनि चालीसाको पाठ गर्नुहोस। – निली रंगको प्रयोग गर्नु लाभदायक रहनेछ। – शनिबार घरको मुख्यद्वारमा बती बाल्नुहोस।
Views: 0