भिडभाडमा यात्रा गरेको बेला पछाडीबाट एक युवकले युवतीको पछाडि गुप्तांग निकालेर उभिए पछि……

२०७५ माघ ५, शनिबार २१:५२ गते २०७५ माघ ५, शनिबार २१:५२ गते २०७५ माघ ५, शनिबार २१:५२ गते

बाँच्नुपर्छ कस्ता-कस्ता खबर सुन्न पाइन्छन् । यस्तै खबर आज तपाइँलाई जानकारी गराउँदै छौँ । सुन्दा निकै अचम्म लाग्ने तर घटना यथार्थ हो । यो घटना हो भारतको । गत साताको सोमबार भारतको बैंगलोरमा एक युवकले यस्तो हर्कत गरेका छन्, सुन्दा नै लाज लागेर आउँछ । उनी युवतीको पछाडि गुप्तांग निकालेर उभिएका थिए ।

मेट्रोमा यात्रा गरिरहेका उनले उभिने क्रममा आफ्नो गुप्तांग बाहिर निकाले । उनले निकाले मात्रै होइन् त्यसपछि एक युवतीसँग अश्लिल हर्कत पनि गर्न थाले । युवतीले पछाडि छाम्दा तर्सिएर एक्कासी चिच्याइन् ।

युवतीको कुरा सुनेपछि त्यहाँ भएका यात्रुले ती युवकलाई निर्घात कुटपिट गरेका छन् । त्यसपछि यात्रीले युवकलाई प्रहरीको जिम्मा लगाइदिएको भारतीय मिडियाले लेखेका छन् । २७ वर्षका यी युवक एक निजी कम्पनीमा काम गर्छन् । युवक उत्तर कन्नाड जिल्लाको सिरसीका प्रविण बी हेगडे भएको बताइएको छ ।

युवतीले उजुरीमा बताएअनुसार युवक मेट्रोमा उनको पछाडि उभिएका थिए र उनीसँग लगातार टाँसिइरहेका थिए । उनले युवकको यस्तो हर्कतको विरोध गर्दै टाढा रहन भनिन् । यत्तिकैमा युवतीलाई केही चिसो महसुस भयो । उनले पछाडि छाम्दा युवकको गुप्तांग उनको हातमा आयो । त्यसपछि उनी आत्तिएर चिच्याउन थालिन् । युवकमाथि अश्लील कार्य, यौन प्रताडना र बलात्कारको प्रयासको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।etajakhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed