एमबाप्पे र काभानीले ह्याट्रिक : नेमारको दुई गोल

२०७५ माघ ६, आईतवार ०९:०६ गते २०७५ माघ ६, आईतवार ०९:०६ गते २०७५ माघ ६, आईतवार ०९:०६ गते

पेरिस : फ्रेन्च लिग फुटबलको शनिबार राति खेलिएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गुइनग्याम्पको पोष्टमा गोल वर्षा गरेको छ । ‘लिग लिडर’ पीएसजीले घरेलु मैदानमा खेलिएको खेलमा गुइनग्याम्पलाई ९—० गोलले हरायो ।पीएसजीका लागि केलियन एमबाप्पे र एडिन्सन काभानीले ह्याट्रिक गरे । ब्राजिलियन स्टार नेमारले पनि दुई गोल थपे भने अर्को एक गोल थोमस मुनियरले गरे । फ्रेन्च लिगमा पीएसजीको यो सबैभन्दा ठूलो अन्तरको जित हो । गत वर्ष पीएसजीले डिजनलाई ८—० गोलले हराएको थियो ।

फ्रेन्च कप फुटबलमा १० दिनअघि मात्र गुइनग्याम्पले पीएसजीलाई २—१ गोलले हराएको थियो । उक्त खेलमा विजयी हुँदै गुइनग्याम्प फ्रेन्च कपको सेमिफाइनलमा पुगेको थियो । शनिबार रातिको एकपक्षीय खेल सुरु भएको ११औं मिनेटमै नेमारले पहिलो गोल गरे ।यसैगरी ३७औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर बनाए । पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि एमबाप्पेले टोलीका लागि तेस्रो गोल गरे । ५९औं मिनेटमा काभानीले चौथो गोल थपे भने ६६औं मिनेटमा काभानीले नै अर्को गोल गरे ।

खेलको ६८औं मिनेटमा नेमारले ब्यक्तिगत रुपमा दोस्रो गोल गरे भने ७५औं मिनेटमा काभानीले ह्याट्रिक पूरा गरे । ८०औं मिनेटमा आकर्षक गोल गर्दै एमबाप्पेले पनि आफ्नो ह्याट्रिक पूरा गरे । ८३औं मिनेटमा थोमसले टोलीका लागि नवौं गोल गरेका थिए । हालसम्म १९ खेल खेलेको पीएसजी ५३ अंकसहित तालिकाको पहिलो स्थानमा छ । २१ खेलबाट ४० अंक बटुलेको लिली दोस्रो र २० खेलबाट ३६ अंक हात पारेको सेन्ट एटिन तेस्रो स्थानमा छन् । गुइनग्याम्प भने २१ खेलबाट केवल १४ अंक जोड्दै तालिकाको २०औं स्थानमा आसिन छ ।अन्नपुर्ण पोस्ट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *