भारतको तामिलनाणु स्थित एक मन्दिरमा महिलालाई महिनावारी भएको समयमा पनि प्रवेश गर्न दिईने चलन रहेको छ । दक्षिण भारतमा रहेको यस मन्दिर अन्य मन्दिरभन्दा फरक रहेको छ ।
मठमन्दिरमा महिला महिनावारी भएको समयमा प्रवेश गर्न नहुने चलन रहेपनि यहाँ त्यो चलनलाई मानिदैंन । यस मन्दिरमा महिनावारीलाई सामान्य शारीरिक बदलावको रुपमा हेर्ने गरिएको छ ।
आदि पराशक्ति नामले परिचित यस मन्दिरमा कुनै पनि पुजारी छैनन् । मन्दिरको मुख्य ठाउँमा भक्तहरु आफैं गएर पुजा गर्ने चलन रहेको छ । सामान्य रुपमा यस मन्दिरमा कुनै पनि बन्देज नरहेको पाईन्छ । महिला पुरुष, जातजाति धर्म जस्ता कुनै पनि कुराको आधारमा यस मन्दिरमा विभेद छैन् । मन्दिर रहेको क्षेत्र वरपर महिनावारीलाई राम्रो संकेतको रुपमा मानिन्छ । उनीहरु महिनावारीलाई नयाँ पुस्तालाई अगाडि बढाउने प्रक्रियाको प्रतिकको रुपमा लिने गरेका छन् ।
मन्दिरको मुख्य मुर्ति रहेको ठाँउमा पनि महिनावारी भएकी महिलालाई जान छुट रहेको छ । फराक्धार
Views: 0