नेपालीबाटै हिंसाकाे सिकार हुँदै नेपाली महिला जापानमा

२०७५ माघ ६, आईतवार १५:१९ गते २०७५ माघ ६, आईतवार १५:१९ गते २०७५ माघ ६, आईतवार १५:१९ गते

टोकियो, जापान । जापान हुन त आफैंमा १ सुन्दर र अनुशासित देश हो यहाँ सबै जापनीज प्रायः अनुशासित नै हुन्छन्। कम बोल्छन् सानो स्वरमा बोल्छन्। कामलाई विशेष ध्यान दिन्छन्। अनुशासनलाई जापनीजले पहिलो नं मा नै राखेका हुन्छन्। तर नेपालीको पारा ठिक बिपरित छ।

तपाई एक्लै नेपाली नारी ओकुबु, सिनओकुबु या नेपाली बढी भएको एरिया कामाता नै किन नजानुस् तर तपाईलाई १०० प्रतिशत कुनै न कुनै यौन हिंसा भएकै हुन्छ। मोबाईलमा बेल्नुस २÷४ जना नेपालीको टीम भेट्नु भयो भने कति फोन आको यार भनेर जिस्काई हाल्छन्। या केही अपशब्द बोल्छन्।
गज्जब को छ जापानमा नेपाली समुदायको अनुशासन?? आजकल नेपालीका फुदोसान पनि खुलेका छन्। म १ दिन १ जना केटी साथि लगेर रुम खोज्न नेपाली फुदोसान गए। त्यहाँ भएको १ जना दाईले सोधे बहिनी कति जना बस्ने? उनले भनिन् १ जना दाई। त्यहा भएकै अर्का दाईले भने सिंगल रुम चाहिएको हैन बहिनी। उनले भनिन्, ‘हो दाइ।’ प्याच्च अर्को स्टाप हो या को हुन्, उनले भने ‘सिंगल मै डबल खप्ट्याउदा मजा आउछ।’ के भनेका हुन् ऊनै जानुन्।

तपाई होटलमा जानुस नेपाली होटलमा त्यहाँ पनि तपाईले केही न केही भेट्नु नै हुनेछ। बाटोमा हिड्नुस् तपाईलाई भनिनेछ वाँ क्या छ अर्थात् केही न केही। योसम्म भन्न न सक्नेले तपाईको मुखमा लगातार हेरिरहने छ।

बडा अचम्मको छ जापानमा नेपाली समाज र नेपालीका गतिविधि। एक दिन बाटोमा गइरहँदा ३ जना नेपालीले जाड खाइरहेका थिए। सडकको वारि नेपाली र पारी जापनीज थिए। नेपालीले अली बढी नै हल्ला गर्दै थिए। जापनीजले यताबाट उरुस्साई अर्थात् हल्ला भयों के भनेका थिए, नेपालीले सडक पार गरेर डमाडम कुट्न थाले। नेपाली ३ जना र जापनीज पनि ३ जना नै थिए। नजिकै पुलिस चौकी नभएको भए घटना के हुन्थ्यो था छैन। तत्काल पुलिस गए र लगे।

तपाई ट्रेन होस् या काम नेपाली धेरै छन् अर्थात ४र५ जना टिममा छन भने सतर्क हुनुस्। ट्रेनमा हो भने यही हिंसाको घटना सुरु हुन्छ। काममा हो भने नेपाली धेरै छन् भने हेप्न र केही नराम्रो गर्न सुरु हुन्छ। यहाँ दिदीबहीनी नेपाली दाजुभाईको नाताहैन नेपाली देखे सतर्क हुनपर्ने नाता छ।
यहाँ काम नपाउनेलाई काम को स्योखाई गर्छौं भनि बसेका दलालहरु धेरै छन्। कसैले गर्छन कसैले २र४ मान उठाऐर टाप ठोक्छन। आफू पीडामा हुन्छन् अरुलाई गफ गज्जबले लाउँछन्। काम खोज्न नेपाली कहाँ पुग्नु भयो भने पहिला पैसा या केही नयाँ नै पाउनु हुनेछ।

तपाई सुरुमा भाषा स्कुल पढ्न आउनु भयो भने मोबाईल निकाली दिन्छु भन्नेको लाईन नै लाग्छ। राम्रो केटीहरु छन् भने केटाहरुको अर्कै लाईन। यहाँ राम्रो हैन नराम्रो लागि नै हैरानी बढी हुन्छ।

महिला हिंसा धेरै छ त्यो पनि नेपालीलाई नेपालीबाट नै तर यसको समाधान के त? प्रश्न आएँछ। जापान नियम कानून भएको देश हो। सभ्य देश हो तर नेपालीका कुरा जापान को प्रहरीले पनि राम्रोसंग सुन्दैनन्। तपाई १ जना जापनीजलाई जिस्काउनुस् जापानका टिभीमा समाचार बन्छ तर खै त नेपाली नेपालीका समाचार? झट्ट हेर्दा लाग्छ नेपालीले जापानीजलाई मात्र पो यौन हिंसा गर्छन् कि, गलत।

नेपालीका कुरा हत्त पत्त सुनिदैनन् सुने पनि मिलापत्रबाट समाप्त। नेपाली दुताबासमा कुरै पुग्दैनन्। पुगे हाँसोको पात्र मात्र। यदी नेपाली राजदुताबास नेपालीको हितमा छ भने ओकुबु सिनओकुबु जस्ता नेपाली धेरै भएका स्थानमा सम्पर्क कार्यालय राखोस्। यो राख्न जरुरी छ।

तपाई साँझ ६–११/१२ सम्म ओकुबु/सिनओकुबु भन्ने ठाउँमा जानु भयो भने त्यहाँ केही न केही नेपालीको रोईलो देख्नु हुनेछ। अर्को नेपालीले सम्झाउँन खोज्यो भने झम्टिन बेर लाउँदैनन ता कि उसले भाग्न बाध्य हुनपर्छ। आँखा सानो पार्ने र मुख लुकाएर जानुको बिकल्प हुदैन। बाटोमा नै बेजोगले हल्ला गरीराखेको खाईराखेको हेर्नुभयो भने किन हेरेको भनेर झम्टन बेर लाउदैनन् नेपालीले नेपालीलाई।

जति जति जापानमा नेपाली बढ्दै जान्छन् यो समस्या बिकराल हुँदै नेपाली बाटोमा हिड्दा नै डराउनु पर्ने स्थिति आउने निश्चित छ। आज पनि प्राय साँझ ओकुबु सिन ओकुबु एरियामा नेपाली देख्दै पुलीसले छाम्न सुरु गर्छ। किन नेपाली आफ्नो ईमेज आफै बिगार्दै छन् यो बिषय गम्भिर छ।

जापानमा नेपालीलाई ठग्यो भनि डा. क्रिष भनेर खुब चर्चा भयो। रबि लामिछाने पनि जापान पुग्नुभयो तर यहाँ त्यस्ता ठगी हजारौँ छन्। रबि आउदा सबै लगभग तर्सेका त थिए तर खादा मालामा सबै रबिसंग थिए। हत्त नेपालीले आफ्ना कुरा बाहिर राख्दैनन् उनीहरुलाई आफ्नै डर हुन्छ ईज्जतको।

यो समस्या बढ्नुको अर्को कारण नेपालीमा जापनीज कानूनको ज्ञान नहुनु मुख्य अर्को कारण हो। के गर्दा के हुन्छ नेपालीमा त्यो ज्ञान छैन। यसको लागि एनआरएन नेपाली दुताबासले जापानी कानूनको बारेमा नेपाली केही साना हाते किताब निकाल्न जरुरी छ ताकि के गर्दा के हुन्छ र यसको लागि कहाँ जाने? यसले धेरै समस्या को समाधान दिन सक्छ र नेपाली समुदायमा कानूनी ज्ञान हुँदा अपराधीक घटना १०० प्रतिशत कम हुन सक्छन्।

जापानमा काम खोज्ने जापनीज लिगल कम्पनीहरु धेरै छन् तर नेपालीमा यो कुराको ज्ञान छैन ताकि दलाल कोमा जान बाध्य हुन्छ र आफू ठगीयपछि मात्र चाल पाउँछ। यस्ता कुरा यहाका नेपाली समाचार अनलाईनहरुले खासै लेखेको देखिदैन राजनीतिक घटनाले नै समाचार पत्र भरिएका हुन्छन्।
सञ्चारमाध्यमले पनि यहाको कानूनी काम खोज्ने कम्पनीलगायत कुराहरु लेख्ने हो भने धेरै नेपालीहरुलाई राहत हुने निश्चित हुन्छ। ईतिश्री।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed