गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलले पायो भारतीय रुट

२०७५ माघ ८, मंगलवार १३:३२ गते २०७५ माघ ८, मंगलवार १३:३२ गते २०७५ माघ ८, मंगलवार १३:३२ गते

काठमाडौँ – गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश बिन्दु दिन भारत सहमत भएको छ ।

भर्खरै भारत भ्रमणबाट फर्किएका संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि हवाई रुटको समस्या समाधान भएको बताएका छन् ।

ग्लोबल एभिएसन समिटमा भाग लिन भारत गएका मन्त्री अधिकारीले भारतका उद्योग वाणिज्य तथा नागरिक उड्यनमन्त्री सुरेश प्रभुसँग हवाई रुटको विषयमा छलफल गरेका थिए ।

मन्त्री प्रभुसँगको छलफलपछि भारत उक्त रुट दिन तयार भएको हो । साथै भारतले अन्य रुट दिन इच्छा जाहेर गरेको मन्त्री अधिकारीले जानकारी दिए ।

महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र वीरगञ्जबाट पनि आउन दिन नेपालले माग गर्दै आएको छ । भारतीय आकाशबाट आएका कुनै पनि जहाज अहिले सिमरा बिन्दुबाटमात्र प्रवेश हुन्छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *