बाँके । ५० हजार घुस सहित मालपोतका खरिदार अख्तियारको नियन्त्रणमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जको टोलीले घुस रकमसहित खरिदारलाई नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले मंगलबार दिउँसो जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयमा छापा मारेर कार्यालयका खरिदार संजयकुमार ठाकुरलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जका कार्यालय प्रमुख गणेश गैरेले दिएको जानकारी अनुसार, ठाकुरले जग्गा रजिष्ट्रेशन पास र रजिष्ट्रेशन पास गर्दा लाग्ने राजश्व मिलाई दिने आश्वासन दिएर सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ ।
‘सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँसहित ठाकुरलाई नियन्त्रणमा लिएको छ,’ अख्तियार सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गैरेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । घुस रकमसहित बेलुकी ४ बजे नियन्त्रणमा लिइएका ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए ।
Views: 0