बिहानैं हिमपातका कारण यस्तो देखियो चन्द्रागिरी ! हेर्नुहोस फोटो फिचर 

२०७५ माघ ९, बुधबार १२:४० गते २०७५ माघ ९, बुधबार १२:४० गते २०७५ माघ ९, बुधबार १२:४० गते

काठमाडौं । अचानक मौसममा आएको बदलीका कारण चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ । मंगलबार रातीदेखि नै काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । वर्षाका कारण जाडो समेत बढेको छ ।

विशेषगरी देशको मध्य र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा बुधबार बिहानैदेखि वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभरकै मौसममा बदली भइ बादल आकाशमा लाग्नुका साथै वर्षा हुनेछ ।

पश्चिमी वायु पूर्व सर्ने क्रम रहेकोले वर्षा भइरहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् । उनका अनुसार बुधबार बिहानको मापन अनुसार काठमाडौमा सवैभन्दा बढी वर्षा भएको छ । त्यस्तै पूर्वका उच्च हिमाली क्षेत्रमा बर्षासहित हिमपात समेत भएको छ । काठमाडौमा १० दशमलव १ मिलिमिटर पानी परेको छ । त्यस्तै सवैभन्दा कम पूर्वी जिल्ला ओखलढुङगामा ० दशमलव १ मिलिमिटिर पानी परेको छ ।

मध्य तथा पश्चिम क्षेत्रमा आज रातीसम्म नै पानी पर्ने र बुधबार मध्यरातीबाट विस्तारै पुर्व क्षेत्रमा मौसम सर्दै जानेछ । बिहीबार देशको मौसममा केही सुधार आउने भएपनि शुक्रबारबाट पश्चिमबाट अर्को बायु नेपाल प्रवेश गर्ने भएकाले पुन वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

हेर्नुहोस फोटो फिचर

 

-thenewsnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *