जब एकै पटक देखियो ३ वटा सूर्य

२०७५ माघ ९, बुधबार १४:१६ गते २०७५ माघ ९, बुधबार १४:१६ गते २०७५ माघ ९, बुधबार १४:१६ गते

एजेन्सी : विज्ञानले चाहे जति नै फड्को मारे पनि प्रकृति र यसको करिश्मा कहिल्यै रोक्न सक्दैन।

एकातर्फ विज्ञान र प्रविधि प्रकृतिका हरेक रहस्यका पर्दा उघार्ने कोसिस लागिरहेको हुन्छ भने अर्कोतर्फ प्रकृति हरेक पटक थप एक कदम अगाडी बढी यस्ता चमत्कार देखाउँछ कि विज्ञानका सम्पूर्ण तथ्य नै निरर्थक साबित हुन्छ। एक पटक फेरि पनि प्रकृतिले केही यस्तो करिश्मा देखाएको छ जुन देखेर दुनियाँका ठुला-ठुला नामी वैज्ञानिक पनि नतमस्तक भएका छन्।

चीनमा एकै समय तीन/तीन वटा सूर्य निक्लिएको दुर्लभ र सुन्दर दृश्य देखिएको थियो। जुन देखेर वैज्ञानिक पनि आश्चर्यमा परे। आज विज्ञानले यति प्रगति गरेको छ कि मानिसहरु पृथ्वी बाहेक दोस्रो ग्रहमा बसोबास गर्ने बारे सोचिरहेका छन्। हरेक दिन नयाँ-नयाँ आविष्कार भईरहेको छ।

तर पनि कुनैबेला प्रकृतिले केही यस्तो करिश्मा देखाउँछ जसले प्रकृतिसँग एक खास शक्ति भएको महसुस हुन्छ। चीनमा प्रकृतिले जुन दृश्य देखायो, त्यसले पनि प्रकृतिले यस्तै खास शक्ति भएको आभास दिलाउँछ। किनकी यस बारेमा वैज्ञानिकले अहिलेसम्म केही खुलासा गरेका छैनन्। यो पूर्णतया रहस्य बनेको छ।

जब मानिसले यस्तो दृश्य देखे, तब उनीहरुले विलम्ब नगरी आफ्नो क्यामरामा उक्त दृश्य कैद गरे। यस दूर्लभ घटनाबारे प्रत्यक्षदर्शीले दिएको बयानअनुसार त्यस समय आकाशमा एकै समय सूर्य जस्तोदेखिने तीन वस्तुबाट चम्किलो किरण आएको बताएका छन्।

यद्यपि त्यो सूर्य थियो या प्रकृतिको कुनै करिश्मा यस बारेमा रहस्य बनेको छ। विज्ञानले यसलाई खगोलिय घटनासँग जोडेर अनुसन्धान गरिरहेको छ भने आम मानिस भने यसलाई प्रकृतिको करिश्मा मानिरहेका छन् ।pnpkhabar

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *