गएरातीबाट सुरु भएको वर्षा शनिवारसम्मै जारी रहने

२०७५ माघ ९, बुधबार २१:२७ गते २०७५ माघ ९, बुधबार २१:२७ गते २०७५ माघ ९, बुधबार २१:२७ गते

गएरातीबाट सुरु भएको वर्षा शनिवारसम्मै जारी रहने

काठमाडौं – काठमाडौं उपत्यका सहित पश्चिमका अधिकांश क्षेत्रमा शनिवार सम्म वर्षा जारी रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातीबाट सुरु भएको वर्षा आजरातीबाट रोकिएपनि पश्चिम वायुका कारण आगामी शुक्रबार र शनिबार दिनभर जसो वर्षा हुने छ ।

पुर्वी क्षेत्रका केही स्थानमा समेत हल्का वर्षाको सम्भावना रहेको छ । पानी पर्न सुरु भएको १३ घण्टामा काठमाडौं उपत्यकामा ८ मिलिमिटर वर्षा भएको छ । पानी परेपछि चिसोका कारण जनजीबन प्रभावित भएको छ । काठमाडौं उपत्यका नजिकका फुलचोकी, चन्द्रागिरी र नगरकोटमा हिमपात भएको छ ।

पश्चिमका हिमाली क्षेत्रमा दशकयताकै बाक्लो हिमपात परेको छ । उच्च हिमाली क्षेत्रमा अझै भारी हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउ परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *