पेटको फियो च्यातिनेगरि सर्वसाधरणलाई कुट्ने प्रहरी परे निलम्बनमा

२०७५ माघ १०, बिहीबार १२:११ गते २०७५ माघ १०, बिहीबार १२:११ गते २०७५ माघ १०, बिहीबार १२:११ गते

गलकोट – सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ ।

विसं २०७५ पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई विनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारवाहीका लागि दुवै जनालाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

दुवै जनालाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रहरीले लात्ती र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकाले फियो च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डै दुई लिटर रगत दिनुपरेकोे र जटिल शल्यक्रिया गर्नुपरेकाले पेटमा ५० भन्दा बढी टाँका लगाइएको परिवारका सदस्यले बताएका थिए । कुटपिटमा संलग्न प्रहरीले बस्नेतको उपचार खर्च व्यहोरिरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *