सिड्नी – अष्ट्रेलियामा एक नेपालीलाई जेल सजाए तोकिएको छ।

एक वृद्धमाथि हातपात गरेको आरोपमा एकजना नेपालीलाई ८ महिना जेल सजाए तोकिएको हो । अष्ट्रेलियामा कार्यरत प्रकाश पौडेललाई काम गर्ने ठाउँमा एक वृद्धमाथि हातपात गरेको भनि त्यहाँको अदालतले ८ महिना जेल सजाय सुनाएको हो। उक्त वृद्ध नर्सिङ होम्समा डिमेन्सीया रोगीका रूपमा रहेका थिए ।

डिमेन्सीया रोगीका रूपमा रहेको वृद्धलाई उपचारका क्रममा केयरटेकर पौडेलले हातपात गरेका हुन् । पौडेलले हातपात गरेको भिडियो बिरामीको परिवारले सार्वजनिक गरेको छ । गत सेप्टेम्बरमा बुपा अन्तर्गत उत्तरी सिड्नी क्षेत्रको नर्सिङ होमस्मा कार्यरत ३६ वर्षीय पौडेलले ८२ वर्षीय वृद्धमाथि हातपात गरेका हुन् ।

हातपात गरेका पौडेलले गत महिनामानै कानुनी कारबाहीका क्रममा गल्ती भएको र क्षमा दिन आग्रह गरे पनि अदालतमा परिवारले मुद्दा दायर गरेका थिए।भिडियो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *