काठमाडौं, १० माघ । सामान्य विवादमा सर्वसाधरणलाई निर्धात रुपमा कुटपिट गर्ने दुई प्रहरी जवान निलम्वनमा परेका छन्।
बागलुङमा कार्यरत जवान प्रेम विष्ट र बुद्ध थापालाई निलम्वन गरिएको हो। पीडितसँगको सहमति अनुसार कारबाही भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी दीपक रेग्मीले बताए।
गत पुस २९ गते राति करिब साढे ९ बजेतिर (बागलुङ) गलकोट नगरपालिका ६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई सामान्य भनाभन हुँदा जवानद्वयले कुटपिट गरेका थिए।
बस्नेतलाई पोखराको फेवासिटी अस्पतालमा लगिएको हो। बस्नेतको आइसीयूमा राखेर उपचार गरिएको थियो। बस्नेतको शरीरमा ५० भन्दा बढी टाँका लगाइएको छ। उनको पिसाब नली समेत फुटेको छ।
जवानद्वयले पीडितको उपचार खर्च समेत बेहोर्ने भएका छन्। उनीहरुले अहिलेसम्मको खर्च ४ लाख रुपैयाँ पीडित परिवारलाई बुझाइसकेका छन्।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0