कतै तपाईं पनि दबाव दिने अभिभावक पो हुनुहुन्छ कि ? सबै अभिभावकले हेर्नैपर्नी

२०७५ माघ १०, बिहीबार १८:५५ गते २०७५ माघ १०, बिहीबार १८:५५ गते २०७५ माघ १०, बिहीबार १८:५५ गते

छोराछोरीले विद्यालयमा खेलकुदमा भाग लिए । घर र्फकदा उनीहरुको हातमा प्रमाणत्र वा प्रसंशापत्र हुनसक्छ । गलामा मेडल हुनसक्छ । उनीहरु फुरुंग हुँदै आफ्ना आमाबुवाको नजिक आउँछन् र मेडल देखाउँछन् ।

तपाईं नाख खुम्च्याउँदै भन्नुहोला, ‘तिमी थर्ड मात्र भयौं ? किन फस्र्ट भएनौ ?’ यसैगरी कुनैदिन उनीहरु आफ्नो परीक्षाफल लिएर घर र्फकन्छन् । बच्चाले उमंगमय भावमा आफ्नो परीक्षाफल देखाउँछन् । तपाईं भन्नुहोला, ‘यसपाली पनि सेकेन्ड मात्र भयौं ?’ अझ तपाईं एक कदम अघि बढेर भन्नुहोला, ‘फलानोको छोराले यति राम्रो गरेको छ । जहिले फस्र्ट हुन्छ । तिमी किन सधै कमजोर ?’ कतै किनमेलमा हुनुहुन्छ । छोराछोरीले आफ्नो मर्जी अनुसार पहिरन छनौट गरे । उनीहरु भन्छन्, ‘अहिले यस्तो फेसन छ । मलाई यस्तै मनपर्छ ।’ तपाईं भन्नुहोला, ‘हुँदैन । फेसन सेसन होइन, थपक्क यो लुगा लगाउनु ।’

कुनैदिन छोराछोरीलाई खानेकुरामा रुची नहुन सक्छ । उनीहरु थोरै-थोरै खाएरै अघाएका छन् । तपाईं भन्नुहोला, ‘लु, खाइहाल । यति त खानैपर्छ ।’

कहिले काहीँ छोराछोरीलाई साथीसँग खेल्न जान मन लाग्छ । साथीहरु घरबाहिर खेलिरहेका छन् । साथीहरुले बोलाइरहेका पनि छन् । उनीहरु भन्छन्, ‘म पनि खेल्न जान्छु है ।’तपाईं भन्नुहोला, ‘घरभित्रै खेल । बाहिर खेल्दा चोटपटक लाग्छ, साथीसँग झगडा होला । लुगा पनि फोहोर हुन्छ ।’

के तपाईंले ठिक गर्नुभो ?

अब आँखा चिम्लेर सोच्नुहोस् त तपाईंले ठिक गर्नुभयो ?संभवत निर्धक्कसाथ भन्नुहुन्छ, ‘हो, एकदम ठिक गरें ।’ साथसाथै के पनि भन्नुहोला भने, ‘मैले उनीहरुकै भलाईका लागि यि सब भनेको, गरेको हुँ ।’पक्कैपनि । कुनैपनि आमाबुवाले छोराछोरीको कुभलो सोच्दैनन् । छोराछोरीलाई राम्रो होस्, सहज होस् भनेरै तपाईंले उनीहरुलाई यो गर, त्यो नगर भन्नुभयो ।आमाबुवाले आफ्ना सन्तानप्रति जस्तो सदिक्षा राख्नुपर्ने हो, तपाईंले त्यही गर्नुभयो । किनभने बच्चा तपाईंको हो । उनीहरुको मुस्कानमा तपाईं आफ्नो खुसी खोज्नुहुन्छ । उनीहरुको प्रगतिमा तपाईं आफ्नो आनन्द खोज्नुहुन्छ ।

छोराछोरीले खेलकुदमा प्रगति गरोस् भन्ने तपाईंको चाहाना पक्कै नराम्रो होइन । परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गरोस् भन्ने तपाईंको इच्छा पक्कै खराब होइन । छोराछोरीलाई लुगाफाटो खरिद गर्दा होस् वा कुनै खानेकुरा खाँदा, तपाईं उनीहरुकै भलाईका खातिर अग्रसरता देखाउनुभयो ।बच्चाले आफुखुसी लुगा छनौट गर्दा त्यो कमसल पनि पर्न सक्थ्यो । उनीहरुले खाना नखाइदिदा शरीर कमजोर हुन सक्थ्यो । त्यही कारण यावत् काममा तपाईंले आफ्नो अग्रसरता देखाउनुभयो ।

तपाईं यसकारण गलत

तपाईंले बच्चाका लागि जे गर्नुभयो, जे भन्नुभयो, त्यो आफ्नो ठाउँमा ठिक छ । तर, अब बच्चाको ठाउँमा उभिएर सोच्नुहोस् त !नीहरुले हर-कोशिश गरेकै थिए । तर, साथीले उछिनेर फस्र्ट हुन सकेनन् । परीक्षामा राम्रो लेख्न खोजेकै थिए, तर उनीहरुको बलबूतोले भ्याएन ।कुनैपनि बच्चाले आफु कमजोर भएको, आफुले हारेको कुरालाई स्विकार्न सक्दैनन् । तर, सबै बच्चाको सबै क्षमता एकनास पनि हुँदैन । उनीहरु खेलकुदमा सबैभन्दा अगाडि हुनुपर्छ भन्ने तपाईं अपेक्षा गर्नुहुन्छ, तर बच्चालाई त्यसमा रुची थिएन । वा उनले प्रयास गर्दागर्दै पनि सकेनन् । त्यसैले साथीले उछिन्यो ।

यतिबेला तपाईंले उनीहरुलाई ‘तिमी दोस्रो वा तेस्रो मात्र भएको ? किन पहिलो हुन सकेनौ ?’ भनेर प्रश्न गर्दाको असर के हुन्छ ?के उसले आफ्नो कमजोरी महसुष गरेर दोस्रो पटक राम्रो गर्ने प्रयास गर्छ ? वा आफ्नो कमजोरीले उसलाई निरास तुल्याउँछ ? बच्चाले जित्ने प्रयास गरेकै थिए । कम्तीमा खेलकुदमा सहभागी भएका थिए । यो पनि एक सकारात्मक कुरा थियो । तपाईंले उसको सकारात्मक पक्ष हेर्नै भएन । यसैगरी उसले परीक्षामा सहभागी भए । लेख्ने प्रयास गरे । कतिपय प्रश्नको हल गर्न सकेनन् । यहाँसम्म पनि उसले प्रयास गरेकै थियो । उसले जुन प्रयास गरेको थियो, त्यसमा तपाईंले खुसी हुनुपर्ने थियो ।

तर, आफ्ना बच्चा परीक्षामा फस्र्ट नभएको वा राम्रो अंक प्राप्त नगरेकोमा तपाईं खिन्न हुनुभयो । तपाईंलाई आफ्नो बच्चा अरुभन्दा कमजोर लाग्यो । र, यो खिन्नता उनीहरुसामु पोख्नुभयो । यसले उनीहरुमा हौसला वा प्रेरणा जाग्दैन । बरु दबाव पैदा हुन्छ ।

अर्थात तपाईंको अपेक्षा बालबालिकाका लागि मानसिक बोझ वा दबाव बन्छ । दबावले कहिलेपनि प्रगति हुँदैन । बरु यसले बच्चाको मनोवल कमजोर बनाइदिन्छ । उनीहरुले रचनात्मक क्षमता गुमाउँछन् । त्यसैले तपाईंले बुझ्नुपर्छ कि, उनीहरुमाथि जे-जस्तो अपेक्षा गर्नुहुन्छ, त्यो केवल दबाव बन्छ ।तपाईंले बच्चालाई उनीहरुकै मर्जी अनुसार लुगाफाटो लगाउन दिनु भएन । साथीहरुसँग खेल्न जान दिनुभएन । अरुची हुँदा खाना नखान दिनुभएन । यावत् कुराले बच्चामा दबाव पैदा हुन्छ । दबावले उनीहरुलाई जहिले पनि कमजोर र हतोत्साही बनाउँछ ।

तपाईंका बच्चा कमजोर छैनन्

तपाईंको बच्चाले परीक्षामा सर्वोत्कृष्ट अंक हासिल गर्न सकेनन् । खेलकुदमा सबैलाई उछिन्न सकेनन् । त्यसो भए के तपाईंको बच्चा कमजोर हुन् ?

तपाईं ठान्नुहुन्छ, ‘हो कमजोर छन् ।’

तपाईंलाई आफ्ना छोराछोरी यसकारण कमजोर लाग्यो कि तपाईंले उनीहरुलाई अरुसँग तुलना गर्नुभयो । यहाँ आइपुगेपछि तपाईंले हेक्का राख्नैपर्छ कि, कुनैपनि बच्चाको अरु कसैसँग तुलना हुन सक्दैन । किनभने बच्चाहरु आ-आफ्नै खुबी, क्षमता लिएर जन्मन्छन् । उनीहरुले जन्मजात कुनै खुवी लिएरै जन्मिएका हुन्छन् । उनीहरु हुर्कने वातावरण, घरको माहौल, साथीसंगत, पारिवारिक संस्कार आदिसँगै उनीहरुको रुची, इच्छा, लक्ष्य तय हुँदै जान्छ । यसले नै उनीहरुको दक्षता पनि निखार्दै जान्छ ।

त्यसैले बच्चालाई बुझ्नुहोस् । उनीहरुको स्वभाव र प्रवृत्तिलाई पढ्नुहोस् । उनीहरु के चाहन्छन् ? के कुरामा रुची राख्छन् ? त्यही अनुसार अनुकुल वातावरण तयार गरिदिनुहोस् ।

तपाईं आफ्ना बच्चालाई रोबोर्ट अर्थात यन्त्र मानव जस्तो नठान्नुहोस्, जो तपाईंको रिमोट अनुसार सबैकुरा ठिकठाक ढंगले गर्छन् । बच्चालाई तपाईं आफ्नो रुची अनुसार बनाउने होइन, बरु बच्चाको रुची अनुसार तपाईंले उपयुक्त वातावरण बनाइदिने हो ।

तपाईंको बच्चा मानव हुन् । उनले आफ्नो जन्ममै केही कमजोरी पनि लिएर आएका छन् । उनले मानविय त्रुटी गर्न सक्छन् । बच्चाको सबै कुरा पर्फ]{ट हुनुपर्छ भन्ने नठान्नुहोस् । संसारमा कोही पनि व्यक्ति पर्फ]{ट हुँदैनन् । संसार जित्न हिँडेका योद्धा पनि सम्पूर्ण रुपमा पोख्त हुँदैनन् । उनीहरुसँग पनि केही कमी, कमजोरी हुन्छन् ।

त्यसैले बच्चाको कमी कमजोरी मात्र खोतल्ने भुल नगर्नुहोस् । बच्चालाई उनीहरुकै रुची र क्षमता अनुसार हुर्कने वातावरण दिनुहोस् । उनीहरुलाई स्वतन्त्रता दिनुहोस् । उनीहरुको रुची, चाहनालाई बुझ्नुहोस् । बच्चालाई बच्चा जस्तै हुन दिनुहोस् ।अनलाइन खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed