को हुन् संसारकै सबभन्दा लोकप्रिय स्पर्म डोनर ?

२०७५ माघ १०, बिहीबार २१:५७ गते २०७५ माघ १०, बिहीबार २१:५७ गते २०७५ माघ १०, बिहीबार २१:५७ गते

काठमाडौं — अमेरिकाका केल गार्डीलाई संसारकै सबभन्दा लोकप्रिय स्पर्म डोनर मानिएको छ । उनले हरेक महिना पाँच महिलालाई गर्भवती बनाउने गरेका छन् । यी सुन्दर वीर्यदाताले आफ्नो जीवनका बारेमा अनेकौं रहस्य खोले । गार्डी २३ वर्षको उमेरमा स्पर्म डोनर बनेका हुन् । हरेक दिन उनलाई वीर्यदान गर्नका लागि दर्जनौं अनुरोध आउँछन् । बीस वर्षको उमेरमा सम्बन्धबाट बोर भएपछि उनले वीर्यदान गर्ने विचार गरेका थिए । लस एन्जिलिसमा विगत चार वर्षमा आफू १८ बच्चाको बुवा बनिसकेको गार्डीले बताए । तर ती बच्चा आफ्नो जिम्मेवारी नभएको उनको भनाइ छ ।

गर्भवती नहुने समस्यामा रहेका अमेरिका र संसारभरिका महिलालाई उनले वीर्यदान गर्ने गरेका छन् । चार वर्षअघि गार्डीले वीर्यदान फेसबूकमा एउटा पेज बनाएर विज्ञापन गरेपछि उनको पेज पनि लोकप्रिय भयो अनि बजारमा उनको वीर्यको माग पनि बढ्यो । आफू शिक्षित परिवारको सदस्य भएको गार्डीको भनाइ छ । हरेक महिना एक सयजना मानिसको डिमान्ड उनीकहाँ आउँछ । तर उनी दुईदेखि पाँच डिमान्ड मात्र पूरा गर्छन् । उनी वीर्यदान सित्तैमा गर्छन् ।

उनका ग्राहकमा १८ वर्षदेखि ४२ वर्षसम्मका महिला छन् । स्पर्म लिनेबाहेक महिलाहरूले उनीसँग सेक्सुअर फेवर पनि माग्ने गरेको उनी बताउँछन् । तर बेलायतमा कसैले बोलाए मात्र आफ्नो सेवा दिन तयार रहेको उनको भनाइ छ । तर विमानको टिकट चाहिँ मिलाइदिनुपर्ने उनी बताउँछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed