सार्वजनिक यातायातमा एउटा निज, पतित, दानवले तल्लो भन्दा पनि तल्लो स्तरको अश्लील कृयाकलाप गरेको भिडियो हेर्नु पर्यो । दुर्भाग्यको पनि पराकाष्ठा हो यो र यो भन्दा घिन लाग्दो हर्कत अर्को केही केही हुन सक्दैन । यो राज्यको सारा संयन्त्र लगाऔ र त्यो पापीलाई आकाश पाताल जहाँ भएपनि समातौँ ।सार्वजनिक यातायातमा यस्ता दानवहरुसँग हाम्रा दिदि बहिनिहरुले कसरी यात्रा गरीरहेको होलान बर्षौदेखि । सम्झीदाँ पनि कहाली लाग्छ । यति लाजमर्दो, घिनलाग्दो र निन्दनिय हर्कतको भिडियो समेत बनाएर अपलोड गरी सामाजिक सञ्जालमा पठाउने अधर्मीलाई नपक्रे सम्म चैनको सास लिन कसैले पनि हुँदैन स्पेशल्ली नेपाल प्रहरीले ।
यो देशका सबै बाबु आमाले आफ्ना छोरीहरुलाई प्राइभेट सवारी साधान किनिदिने सक्दैन त्यसैले सर्वप्रथम सार्वजनिक यातायातमा त्यसरी खुलम खुल्ला अस्लील कृयाकलाप गर्ने त्यो यौन पिपासुलाई आकाशमा लुकेको भएपनि पातालमा भासिएको भएपनि कुनै हालत मा पनि पाता फर्काउनु प¥यो ।अनि आजै, अहिल्यै इमरजेन्सी मिटिङ गरेर प्रत्यक सार्वजनिक सवारी साधनमा अनिवार्य सिसि क्यामेरामा कैद हुनु प¥यो । ढोकाबाट छिरेको प्रत्यक यात्रुको तस्वीर सिसि क्यामरामा कैद हुनु प¥यो । सकिदैन फेस स्क्यानबाट फोटो खिचाएर मात्र यात्रुले सवारी साधनमा चड्नु प¥यो ।
त्यो मेसिन वा सिसि क्यामराको मुल्यसँग हामीलाई मतलब भएन । जति परेपनि हाम्रा आमा दिदि बहिनिहरुको इज्जत र सुरक्षाको मुल्यका अगाडी त्यसको मुल्य चुथ्थो हो । यो एउटा घटना मात्र बाहिर आएको हो ।सार्वजनिक सवारी साधनमा महिलाहरुलाई गरीने दुव्र्यवहारको इतिहास लामो छ जसको अन्त्य अब एक मिनेट पनि ढिला नगरी गर्न जरुरी छ । रेल ल्याउन सक्ने, जहाज ल्याउन सक्ने यो राज्यले सार्वजनिक सवारी साधनलाई पुर्ण सुरक्षीत गर्न सक्दैन भने खबर पाउ आफ्ना आमा दिदि बहिनिको इज्जत जोगा उने अभियान हामी १ महिना भित्र सम्मपन्न गर्न सक्छौं।
यौन पिपासु राक्षशहरु मात्र हैनन् यो समाजमा महिलाहरुलाई सम्मान सहित रक्षा गर्दै सुरक्षा कवच बनेर खडा हुन सक्ने दाइहरु, भाइहरु र छोराहरु अझै मरेका छैन्न । जिउँदै छन् र जीउदो हुनुको पुर्ण आभाष दिलाउन २४ घण्टा तयार र तैनाथ छन् ।इनफ इज इनफ । त्यती मात्र होइन सार्वजनिक सवारी साधानमा शारीरिक रुपमा दुर्वल विशेष क्षमता भएकाहरुले कसरी यात्रा गर्ने ? यो देश हुइयल चियरमा यात्रा गर्ने मेरा दाजुभाई दिदि बहिनिको होइन रु यो देश दृष्टी बिहिन मेरा मित्रहरुको लागि होइन । कुनै पनि सार्व जनिक सवारी साधनले एउटा २ \३ फिटको ट्रली राखेर हुइल चियर मैत्री बनाउन सक्दैन ?
यो शहरमा गुड्ने प्र्रत्यक सार्वजनिक सावरी साधनले सजिलैसँग हुइयल चियर सडकबाट गुडाएर सवारी साधन मित्र लैजाने काम गर्न सजिलै सक्छ ।केही हाइड्रोलिक लिफ्टहरु जडान गर्न सकिछ, केही तानेर बाहिर भित्र गर्न सकिने ट्रलीहरु सामान्य इन्जीनियरी ङकै ज्ञानको मद्धतमा फिट गर्न सकिन्छन् । अपाङग मैत्री नभएका सार्वजनिक सवारी साधन गुडाउन पाइन्छ रु तिमी २ वटै खुट्टा चल्ने हात चल्ने हुनुको फाइदा उठाएर हात खुट्टा नभएका मानिसलाई हेपेर,पेलेर चड्नै नसक्ने बसहरु चलाउँछौ ? तिमीलाई आँफु सक्षम भएको त्यत्रो घमण्ड ? निती निमार्ण तहमा तिमी छौ तिम्रो हात गोडा सद्धे छन्, तर माफ गर तिम्रो दिमाग ठिक छैन ।
एक रत्ती ठिक छैन । दिमाग सँगै तिम्रो नियत पनि ठिक छैन । यो देशमा तिमी मात्र सजिलै यात्रा गर्न पाउने तर मेरो खुट्टा गुमाएको साथीले केही केही सुविधा नपाउने ? तिमी गुड्दा गुड्दैको बसबाट चड्न र झर्न सक्ने ।तिमी त सम्पन्न आफ्नै छुट्टै गाडी, त्यस माथि वरीपरी साइरन बजाउँदै बाटो छोड भन्दै हिड्ने मत्ता हात्ती जस्ता अन्य गाडी साथ लाएर हिड्दा मेरो गोडा गुमाएको साथीले सार्वजनिक सवारी साधनमा हुइयल चियरसँग सजिलै चड्न नपाउने रु दश दिशामा सन्काउँदै,झिम्काउँदै, तन्काउँदै नाचिरहने तिम्रा २ आँखा छन् तर मेरो मेरो दृष्टीविहिन साथि प्रत्यक दिन हिलोमा चिप्लीनु पर्ने।
खाल्डोमा जाकिनु पर्ने ,गोडा मर्काउनु पर्ने, करङ खुस्काउनु पर्ने रु तिम्रा आँखा छन् तिनलाई सितल पार्ने ब्रान्ड ब्रान्डका गगल्स छन् तर मेरो दृष्टी विहिन साथी सेतो लड्ठी बोकेर सुरक्षीत रुपमा बाटो हिड्न नपाउने, सार्वजनिक सवारीमा सजिलै चड्न नपाउने।सा नो खाल्डोमा तिम्रो गाडी भासिदा तिम्रो मुटु नै चरक्क हुने तर खाल्डो छल्दै , भिड छल्दै चड्दै गरेको सार्वजनिक सवारीमा दृष्टी विहिनहरु कसरी दैनिक यात्रा गर्छन भनेर सोच्न नसक्ने निति निर्माताहरुलाई महापाप लाग्छ ।आँखा,कान,हात,गोडा सद्धे हुनेहरुले शा रिरीक रुपमा केही दुर्वलता भएका मानिसहरु,महिलाहरु बालबालीकाहरु, बृद्धबृद्धाहरु।
गर्भवती महिलाहरु रोगी,अशतm, असहायहरुलाई पहिलो प्राथमीकतामा राखेर अरुलाई दोस्रो तेस्रो प्राथमीकतामा राख्ने हो । मानिसलाई राज्य त्यसकारणले चाहिन्छ कि सक्षम,असक्षम,क्षमतावान,विशेष क्षमतावान कसै प्रति पनि विभेद नहोस ।सार्वजनिक सवारी साध नमा यौन पिपाशुहरु,विशिष्ट क्षमता भएका नागरीकका लागि चरम बेवास्ता । अनि यो देश कसका लागि समृद्ध बनाउने ? आफ्नै लागी, कि आफ्नै सन्तानका लागि ? सार्वजनिक यातायातमा सबै सुरक्षित हुनु पर्छ र सबैले सजिलोसँग यात्रा गर्न पाउनु पर्छ ।विभा गीय वा सम्बन्धित मन्त्रीले विशेषगरी महिलाहरुको र विशिष्ट क्षमता भएका व्यतmीहरुको मर्म बुझ्नु पर्छ ।
हेन भने यातायात मन्त्री ज्युलाई १ हप्ताका लागि हुइयल चियरमा हालेर यो शहरमा छोडिदिउ ।त्यसपछिको एक हप्ता आँखा बन्द गरेर फेरी यो शहरमा छोडिदिउ । त्यसपछिको एक हप्ताका लागि हुइल चियरमा हालेर यो शहर छोडिदिउ । गाडीको लर्कोले झर्को लागेको मन्त्राणी जिउलाई पनि सर्वसाधारण महिला सरी एक हप्ता खचाखच भरीएका सार्वजनिक सवारी साधनमा मात्र चड्नु पर्ने बनाआँ । अर्को हप्ता मै सार्वजनिक सवारीमा सुधार आएन भने भन्नु होला । हो अब अति भयो ।
Views: 0