काठमाडौं । बेनेलीको लागि नेपालको आधिकारीक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङले नेपाली बजारमा सस्तो बाइक टिएनटी –१५० को बिक्री वितरण सुरु गर्ने भएको छ ।
नेपाली बजारमा यस मोटरसाइकलको मूल्य नेपाली बजारमा मूल्य २ लाख ३० हजार रूपैयाँ तोकिएको छ । यो मोडल मंसिरको तेस्रो सातासम्म नेपाली बजारमा भित्रिने छ । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।
नेपाली बजारमा टिएनटी –१५० रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध हुने छ । बेनेली टिएनटी –१५ मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपिएममा १२.०६ बिएचपी पावर उत्पादन गर्छ । यस बाइकको टप स्पिड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
यस बाइकको इन्जिनमा ५ स्पिड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्युल ट्यांक दिइएको छ । यस बाइकको तौल १४० केजी रहेको छ । यसका साथै कम्पनीले टिएनटी –१५० आई पनि सार्वजनिक गर्न लागेको छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २० हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ । १४९.५ सिसी क्षमताको यो बाइकले १४ बिएचपी पावर उत्पादन गर्छ ।
Views: 0