निर्मला हत्याप्रकरण : पुरा भयो ६ महिना, ‘न अपराधी भेटिए न न्याय मिल्यो’

२०७५ माघ ११, शुक्रबार १२:४२ गते २०७५ माघ ११, शुक्रबार १२:४२ गते २०७५ माघ ११, शुक्रबार १२:४२ गते

कञ्चनपुर, ११ माघ । कञ्चनपुरकी ११ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुरा भएको छ । यतिका दिनसम्म अपराधिको पहिचान हुनु त कहाँ हो कहाँ अनुसन्धानबाट ठोस प्रगति पनि देखिएको छैन ।

प्रहरीले भने अनुसन्धानका विभिन्न पाटाका बारेमा अध्ययन भइरहेको जनाएको छ । गत साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको छ महिना पुरा भएको छ ।

उनकोे ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा नजिकैको उखुबारीमा शव फेला परेको थियो । तर अहिलेसम्म वास्तविक दोषीको पहिचान हुन सकेको छैन । यसबीचमा घटनाको अनुसन्धानका लागि सिआइबीका ३ र एसपि दुर्गा सिंह नेतृत्वको टोलीसहित आधा दर्जन टोलीले अनुसन्धान गरिसके तर ठोस उपलब्धि भने शून्यजस्तै छ ।
अनुसन्धानका लागि अन्य कुनै प्रमाण फेला पार्न नसकेको प्रहरीले पछिल्लो समय डीएनए परीक्षणलाई अनुसन्धानको सूत्र बनाएको छ । अनुसन्धानमा लापरबाही गरेको भन्दै निर्मलाकी आमा दुर्गादेवि पन्तले एसपी डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध उजुरी दिएको एक पनि महिना बितिसकेको छ ।
उजुरी दिएका मध्ये २ जना यसअघि नै बर्खास्त भइसकेपनि अन्य प्रहरीलाई भने कुनै कारबाही भएको छैन । यता प्रहरीले भने नयाँ किसिमको मुद्दा भएकाले प्रक्रिया बुझेर अनुसन्धान बढाउन केही समय लागेको बताएको छ ।

तीन महिनाभित्र सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्नुपर्ने भएकाले धेरै कामहरु भइसकेको कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिनुभयो । सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश भएपछि पनि मुद्दा अगाडी बढ्ने नबढ्ने बारे बताउन नसकिने प्रहरीको भनाई छ ।
अर्कोतिर प्रहरीले निर्मलाको छिमेकीकै डिएनए परीक्षण गर्न थालेपछि पीडित पक्ष र छिमेकीको सम्बन्ध पनि चिसिएको छ । अपराधि छिमेकमै रहेको भन्दै प्रहरीले आफूमाथी शंका गरेको स्थानीयको आरोप छ ।

छिमेकीसँगको सम्बन्धमा मनमुटाव देखिएपछि पीडित परिवारको घाउमा झन् पीडा थपिएको छ । अनुसन्धानमा लापरबाही गर्नेहरुका विरुद्ध कडा कारबाही गरी अबको अनुसन्धान निष्पक्ष ढंगबाट गरे मात्र निर्मलाको परिवारलाई न्याय मिल्नेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *