एजेन्सी । एक दिन ५१ वर्षीय एक महिलाको पतिसँग झगडा भयो। रिसको झोकमा ती महिला बाहिर रोकिराखेको फ्यामिली मिनी बसमा सुत्न गइन्। राति अबेर उनको तकिया नजिकैबाट आएको आवाजले उनको निद्रा खुल्यो। निद्रा खुलेपछि उनले पतिको कर्तुत बारे थाहा पाइन्।
यो घटना अस्ट्रेलियाको क्वीन्सल्याण्डमा बस्ने ५१ वर्षीय पेपिटा रिजवेको हो। उनी पतिको व्यवहाले आजित भएकी थिइन्। एक दिन उनीहरुबीच झगडा भयो । झगडा भएपछि उनी बाहिर रोकिराखेको मिनी बसमा सुत्न गइन्। राति मध्यरातमा उनको तकिया नजिकै अनौँठो आवाज आयो। आवाजले उनको निद्रा खुल्यो।
उनलाई लागेको थियो उक्त आवाज मुसाको हो। उनले तकियाको पछाडि आवाज आएको ठाउँमा हेर्छिन्। त्यसपछि उनलाई पतिको तर्तुत बारे प्रष्ट हुन्छ।
पेपिटाले देखिन आफू सुतेको तकियाको पछाडिबाट एक पाइप झ्यालबाट बाहिर निस्किएको थियो। पाइपबाट तिब्र गतिमा ग्यास निस्किएको थियो। महिला पाइपको पिछा गर्दै गइन्, ग्यारेजसम्म पुगेको थियो। त्यहाँको अवस्था देख्दा महिला चकित भइन्।
पेपिटाले भनिन्, मैले जसरी ग्यारेजको ढोका खोले, त्यहाँ मैले देखे पाइप एक नाइट्रोजन सिलिण्डरसँग जोडिएको थियो। त्यो देखेपछि मलाई थाहा भयो की मेरा पतिले ग्यास प्रयोग गरेर मेरो ज्यान लिने प्रयास गरेका रहेछन्। त्यसपछि मैले तुरुन्त प्रहरीलाई फाने गरे।
जानकारी पाएपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धानका क्रममा उनका पतिको कम्प्युटर र मोबाइल जाँच गरेको थियो। जाँचका क्रममा महिलाको अनुमान साँचो भयो। उनले पत्नीको हत्या गर्ने तरिका गुगलमा खोजेको भेटियो।
Views: 0