संसद भित्र कांग्रेस सांसदले नाराबाजी गर्दा शेरबहादुर देउवा भने रमिते बनेर हेरिरहे…..

२०७५ माघ ११, शुक्रबार १६:०७ गते २०७५ माघ ११, शुक्रबार १६:०७ गते २०७५ माघ ११, शुक्रबार १६:०७ गते

काठमाडौं, ११ माघ । शुक्रवार एक घण्टा ढिलो गरी सुरु भएको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले सुरुमै विरोध गर्यो । कांग्रेसका सांसदहरुले संसदलाई बहमुतले चलाउन नसक्ने भन्दै चेतावनी दिए । बैठकको सुरुमै बोल्ने अवसर पाएकी कांग्रेसकी सांसद पुष्पा भुषालले सरकार दुई तिहाइले चल्ने भए पनि संसद दुई तिहाइले चलाउन नमिल्ने बताइन् ।

निर्धारित समय १ बजेभन्दा १ घन्टापछि बसेको आजको बैठक सुरूमै नेपाली कांग्रेसका सांसद उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले भुषाललाई बोल्न समय दिएका थिए । सो क्रममा उनले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नामका अस्पताल केन्द्र सरकार मातहत राख्ने निर्णय नभएसम्म संसद चल्न नदिने बताइन् ।

आफ्ना सांसदहरूले नाराबाजी गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नै स्थानबाट रमिता हेरिरहेका छन् । शुरूमा उठेर वेलतर्फ जान खोजेका देउवा फेरि आफ्नै स्थानमा आएर उभिएका हुन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *