बसमा अश्लील हर्कत गर्ने युवकको खोजी गर्दै प्रहरी, यस्तो छ भिडियो….

२०७५ माघ ११, शुक्रबार २१:०२ गते २०७५ माघ ११, शुक्रबार २१:०२ गते २०७५ माघ ११, शुक्रबार २१:०२ गते

काठमाडौँ : नेपाल प्रहरीले केही महिना अघि राजधानीको एक सार्वजनिक यात्रु बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवको खोजी तीब्र बनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै बसमा हस्तमैथुन गरेर एक महिला यात्रुको कपालमा बीर्य पतन गरिदिने युवकको खोजी तीब्र पारिएको जनाएका छन् ।

करिब ३ महिनादेखि सामाजिक सञ्जालको म्यासेन्जर हुँदै भाइरल भइरहेको उक्त भिडियोलाई लिएर सर्वसाधरणले आक्रोश पोख्न थालेपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको हो ।

प्रवक्ता सुवेदीले महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती पुरुषको खोजी थालिसकेको जनाउँदै त्यस घटनासम्बन्धी केही जानकारी भएमा प्रहरीलाई सहयोग गरिदिन पनि आमनागरिकलाई अपिल गरेको छ । सामाजिक सञ्जालको च्याट र ग्रुपमा भाइरल भइ रहेका यी भिडियो तीनवटा रहेका छन् । एउटा भिडियो करिब २ मिनेट २० सेकेन्डको छ । यी भिडियो केही पोर्न साइटहरुमा पनि यसअघि नै पुगिसकेका छन्। प्रष्टरुपमा नेपाली भाषा बोलिएको सुनिने भिडियो बल्खु आसपासको क्षेत्रमा खिचिएको अनुमान गरिएको छ ।

यी भिडियोमा गाडी रोकिएको बेलामा अनुहार नदेखिएका ती युवकले हस्तमैथुन गरी अगाडिको सिटमा बसेकी महिलाको कपालमा वीर्यपतन गरिदिएको प्रष्टै देख्न सकिन्छ ।सामाजिक सञ्जालमा भाइरल भइरहेका यी भिडियोमा ती युवाले अघिल्लो सिटमा बसेकी कपा लमा वीर्यपतन गरेको देखिएपछि प्रहरीले गम्भीर अनुसन्धान थालेको जनाएको छ। यी भिडियोमध्ये एउटा ती युवकले हस्तमैथुन गरिरहेको थाहा पाएर पनि एक महिला यात्रु चुपचाप बसेको देख्न सकिन्छ । प्रवक्ता सुवेदीले यो प्रकरणको मिहीनरुपमा अनुसन्धान भइर हेको बताएका छन् ।

‘सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोबारे हाम्रा सम्बन्धित इकाले अनुसन्धान थालिसकेका छन्’, सुवेदीले भने, ‘ती युवकको पहिचान हुन सकेको छैन तर हामी घटना स्पष्ट भएपछि सत्यतथ्य बाहिर ल्याउँछौँ ।’महिलामाथि दुर्व्यवहार बढेपछि प्रहरीले केही महिनाअघिबाटै सेफ्टी पिन अभियान चलाइरहेको छ । त्यसक्रममा महिलामाथि दुर्व्यवहार गर्नेहरुमाथि प्रहरीले निगरानी गरेर पक्राउ पनि गरिरहेको छ । नेपाल सरकारले लागू गरेको मुलुकी अपराधसंहितामा यस्तो हर्कतबारे परिभाषा गरिएको छ । सार्वजनिक स्थान मा यौनाङ्ग देखाउन र अश्लील गालीगलौज गर्न मुलुकी अपराधसंहिताले निषेध गरेको छ।

मुलुकी संहिताले १० वर्ष माथिकाले स्वास्थ्य विज्ञान तथा चिकित्सा उपचारबाहेक सार्वजनिक स्थानमा अश्लिल गतिविधि गर्न तथा यौनाङ्ग देखाउन र अश्लील इशारा गर्न नहुने उल्लेख गरिएको छ । यदि यस्तो गतिविधि गरेको पाइएमा कानुनले ६ महिना कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना तथा दुवै सजाय हुने व्यवस्था पनि गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *