बुटवल–पाल्पा सडक : ‘मान्छे खाने सडक’, आज सम्मा सयौं मान्छे निल्यो ,यस्तो चमत्कारिक रहस्य!

२०७५ माघ ११, शुक्रबार २१:२१ गते २०७५ माघ ११, शुक्रबार २१:२१ गते २०७५ माघ ११, शुक्रबार २१:२१ गते

प्रकाश आचार्य बुटवल । बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने सिद्धबाबा क्षेत्रमा पुग्दा जो कोहीको मन पनि एक पटक झसङ्ग हुन्छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवलको चिडियाखोलादेखि पाल्पाको दोभानसम्म (पाँच किलोमिटर) को दूरी पार नगर्दासम्म उक्त बाटो हुँदै यात्रा गर्ने यात्रुले ढुक्कको सास फेर्दैनन् ।

उक्त सडक क्षेत्रमा हिउँद/वर्षात् जतिबेला जुनसुकै समयमा पनि माथिबाट ढुंगा झर्ने र जनधनको क्षति हुने गरेकाले यो खण्डलाई धेरैले मृत्युमार्ग पनि भन्ने गर्छन् ।

पाँच किलोमिटरमध्ये ३ दशमलम ३ किलोमिटर सडक त झन् जोखिमपूर्ण छ । जहाँ १ सय १३ वटा त पहिरोमात्रै खसेका छन् । त्यहाँबाट माथि पहाडतिर हर्दै ठूलाठूला चट्टानी ढुङ्गा खस्नलाई तयारी अवस्थामा रहेका जस्ता देखिन्छन् । हिउँद वा वर्षा कतिखेर ती चट्टानी पहाडसहितका ढुङ्गा खस्छन् भन्ने ठेगान नै हुँदैन ।

यो सडकको पछिल्लो पटक नयाँ नामाकरणसमेत भएको छ । बढ्दो दुर्घटनाले यसलाई ‘मृत्यु मार्ग’ समेत भन्ने थालिएको छ । कसैले त मान्छे खाने सडकसमेत भन्छन् । पाल्पा, गुल्मी, स्याङजा, पोखरा, बाग्लुङ, पर्वत र म्याग्दीदेखि मुस्ताङसम्म मानिसहरू यही सडक प्रयोग गर्छन् ।

खासगरी बुटवलदेखि दोभानसम्मको सडककै कारण यो राजमार्ग हुँदै पर्यटकहरु लुम्बिनी आउन र पोखरा जान डराउँछन् । बढ्दो दुर्घटनाले सिद्धबाबा सडक खण्डको विकल्पको बारेमा पनि छलफल अगाडि बढ्ेका छन् । यो सडक पाँच दशक अगाडि बनेको हो । उक्त सडकको बैकल्पिक मार्गको रुपमा बेलबास–नुवाकोट–झुम्सा तथा देवदह–गोठादी–तानसेन सडकलाई बताइए पनि यी दुवै मार्ग अप्ठ्यारा छन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सिद्धबाबा ठूलो पहाड ताछेर यसको निकासी गरिनुपर्ने बताउँछन् । उनले भने, ‘अब तिनाउ दोहन होइन सिद्धबाबाको पहाड ताछेर उत्खनन गरी विक्री वितरण गरिनुपर्छ । अब खोला खोस्रिने होइन । सिद्धबाबाको पहाड फोर्नुपर्छ ।’ प्रजिअ ढकालले थपे, ‘अहिले उत्खनन गर्ने अधिकार पनि संविधानले स्थानीय तहलाई दिएको छ । राज्यलाई ठूलो आम्दानीसमेत हुन्छ ।’

देशभरका दुर्घटना ग्रस्त बनाएका ठूला चट्टाने पहाड काटेर देशको कहालीलाग्दो व्यापार घाटा घटाउनुपर्ने ढकालको सुझाव छ । नदीको दोहन अत्याधिक भयो भनेर सरकारले नदीजन्य पद्धार्थ निकासीमा रोकसमेत लगाएको छ । बेन्चकट प्रविधिमा चट्टाने पहाडहरुलाई डाँडाबाट ताछेर त्यसबाट निस्कने माटो, ढुंगा, स्लाब, मार्बल, चुन र चट्टान फोड्दा निस्कने धुलो आदि सबै पदार्थ बेच्न सकिन्छ ।

ढुङ्गा झरेर कति गाडी च्याप्यो ?

पछिल्लो दश वर्षमा यस सिद्धबाब सडक खण्डमा ७० जनाले ज्यान गुमाएका छन् । यहाँको कुहिरे भीरले वर्षेनी कम्तिमा एक दर्जन मानिसहरुको ज्यान लिने गरेको छ । साढे तीन किलोमिटर सडकमा १ सय १३ वटा सानाठूला पहिरा छन् । १० वर्षमा मात्रै १८ वटा बस, ७ वटा ट्रक, ९ वटा जीप–कार र १९ वटा मोटरसाइकल च्यापेको छ । यहाँ दुई दर्जन मानिसहरू घाइते भएका छन् ।

सिद्धबाबा सडकको विकल्प के ?

बढ्दो दुर्घटनासँग यो सडकको विगत १० वर्षदेखि विकल्पका बारेसमेत चर्चा चले । तर,अहिलेसम्म पनि डाइभर्सनसमेत तयार गर्न हुनसमेत सकेको छैन ।

सिद्धबाबा सडक छल्ने तीनवटा वैकल्पिक मार्ग छन् । ज्यामिरे–चरंगे (१६ किमी), बेलवास–नुवाकोट–झुम्सा (२२ किमी) र बासटारी–गोठादी–खैरेनी (६३ किमी) सडक बनिरहेका छन् । तीन किलोमिटर सडकको जोखिमले वैकल्पिक मार्ग प्रयोग कैयौँ गुना बढी लामो हुनेछ । तैपनि यी सडकहरु तत्काल निर्माण सुरु गरिए कम्तीमा एक वर्षपछि मात्रै प्रयोग गर्न मिल्नेछ ।

कसरी बनाउनु सुरक्षित ?

सडकका लागि पाँच वटा विकल्पहरु छन् । इन्जिनियर लिलाबहादुर भण्डारीका अनुसार पहाडमा बेन्चकट प्रविधि अपनाउने, हाफ टर्नेल निर्माण गर्ने, तिनाउ नदीमाथि पुल निर्माण गर्ने र रकनेट प्रबिधि अपनाउने गरी पाँच विकल्पका साथ अगाडि बढ्न सकिन्छ ।

ती डाँडाहरुबाट उत्पादन हुने खनिजजन्य पदार्थको भण्डारण र विक्रिमा सरकारी निकायको उपस्थिति अनिवार्य हुने गरी निजी क्षेत्रलाई दिन सकिने ढकालले सुझाए । व्यापार घाटा असाध्यै असन्तुलनको स्थितिमा छ । नेपालले निकासी गर्न सक्ने वस्तु भनेको ढुंगा नै भएको ढकालले औंल्याए ।

पूर्व मन्त्री सोमप्रसाद पाण्डे पनि सिद्धबाबाको पहाड खोस्रिनुपर्ने बताउँछन । ‘अरु विकल्पका बारेमा अध्ययन भए तर यो अझ उपयुक्त विकल्प हो जस्तो लाग्यो’ सांसद पाण्डेले भने, ‘अब यस सम्बन्धमा विज्ञहरुबाट अध्ययन गराई उपयुक्त भए नीति बनाएर छिटो काम गर्नुपर्छ ।’

अर्का प्रदेश सभा सांसद तुलाराम घर्ती मगरले जुन विकल्पबाट भए पनि ‘मृत्यु मार्ग’ बनेको सिद्धबाबा सडक खण्डलाई सुरक्षित बनाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

सिद्धबाबा मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटक घटे

बुटवल पाल्पा सडक खण्डमा कुनै दुर्घटना भए सिद्धबाबा मन्दिरको नाम जोडि पहिरोको जोखिमले सिद्धबाबा मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकहरु समेत घट्न थालेका छन् । सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरूङले बुटवल पाल्पा सडक खण्डमा जहाँ दुर्घटना भए पनि शिद्धबाबा भन्ने भ्रम स्थिपित हुँदा मन्दिर दर्शन गर्न आउने पर्यटकहरू समेत घटेको बताए । उनले भने, ‘जहाँ दुर्घटना भएको हो । त्यही भन्नुपर्‍यो पहिला शिद्धबाबा भन्नु भएन ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *