आन्तिम सास लिँदै श्रीमतिले भनिन् ‘भगवानले सुनेनन् म त मरेँ

२०७५ माघ १२, शनिबार ०९:१० गते २०७५ माघ १२, शनिबार ०९:१० गते २०७५ माघ १२, शनिबार ०९:१० गते

दीपक बुढा, जाजरकोट । तीन सन्तान र श्रीमति गुमाएका घाइते लाल बहादुर लुहारले श्रीमति सितलीसँगको अन्तिम संवाद शायद जीन्दगीभर बिर्सने छैनन् । पहिरोले घर भित्रै पुरिएका लाल बहादुरले लगभग २५ मिनेट श्रीमतिसंगै कुरा गरेर बिताए ।

‘श्रीमतिसँग मैले मृत्युसंग लडेर अन्तिम कुराकानी गरेँ ।’ लालबहादुरले भने ।‘तिमिहरु कता छौं ?’ पुरिएकै अवस्थामा श्रीमतिलाई सोधेँ ।
‘दुईटी छोरी म संग छन् एउटी छोरी छैन ।’ श्रीमतिले भनिन् । ‘एउटी छोरी म संग छ ’लालबहादुरको कुरा सुने लगत्तै श्रीमतिले भनिन् ‘एकै पटक मर्न लेखेको रहेछ एक्ला एक्लै मर्दा बाँच्नेलाई पिडा हुन्थ्यो । ठिकै भयो ।

यत्तिकैमा बाहिर मान्छेहरु बोलेको सुनियो ।‘अब त मान्छे आए अब हामी बाच्छौं ।’ लालबहादुरले भने ।‘छोरा छोरी मरिसके, अब हामी पनि मर्छौ ।’ श्रीमतिले भन्ने बित्तिकै लालबहादुरले भने ‘यो भित्ता फालेपछि हामी पनि बाँच्छौं ।’ भगवानसंग दुवैले बिन्ती भाउ गरे ।

तर, उनीहरुको पुकारा भगवानले सुनेनन् ।

उनको श्रीमतिको बोली मधुरो भैसकेको थियो ‘खै हाम्रो कुरो भगवान र छिमेकीले सुनेनन् जस्तो छ । छोरीहरु मरिसकेँ म पनि मरेँ ।’ त्यसपछि श्रीमति बोलिनन् । त्यहि नै उनको अन्तिम वाक्य थियो ।सपनामा खेलीरहेका छोरीहरुलाई बसले किच्यो : लालबहादुर
मेरो घर भेरी नगरपालिका वडा नं. ६ गंगटिया हो । हाम्रो २०६५ सालमा प्रेम विवाह भएका थियो । हाम्रा ३ छोरी थिए । हामी कामको सिलसिलामा खलंगा जाजरकोट बस्न थालेको ९ महिना भयो । पहिरोमा परेको घरमा कोठा लिएर बस्न थालेको ३ महिना भएको थियो। अघिल्लो दिन (शनिबार) मात्रै हामीले घर सल्लाह गर्दै भनेको थियौं ।‘पहिरो आउने सम्भावना धेरै छ हामी अन्तै कोठा खोजेर सर्नुपर्छ ।’

नजिकै अर्काे घरमा कोठासमेत खोजिसकेका थियौं भोली (आइतबार) विहान हामीले कोठामा भएका सबै सरसामानहरु अर्काे घरमा सार्ने योजना बनाएका थियौ । भोली (आइतबार) विहान सबेरै उठेर भएको जति सामान ओसार पसार गरेर छिटै जानुपर्छ भनेर शनिबारै सल्लाह गरेका थियौं ।

रात ढल्कदै थियो रात परेपछी हामी गरीवीको घरमा जे पो पाक्थ्यो त्यहि खाएर सुत्यौं । हामीलाई खाली भोलीको कोठा सार्नेमा चिन्ता मात्रै थियो । छोरीहरुसहित खाना खाएर धेरै बेरसम्म बेलुका सुखानी, दुखानी गर्दै बसेका थियौं ।

बालबालिकाहरुलाई कसरी पठाउने कसरी हुर्काउने यहि चिन्ता थियो । हामी त हेपिएको मान्छे गरीवीले पिल्सिएका मान्छे, अर्काको काम गरी खाने मान्छे । भविष्य कसरि चल्ला भनेर चिन्ता गर्यौ । यसरी कति दिन चल्ला । घर भिरालो ठाँउमा घर छ, भोली कतै पहिरो गयो भने हामी त कतै भागौंला सानी छोरीहरुको के होला ? भनेर चिन्ता गर्र्यो ।

श्रीमति सितली र म यस्तै, यस्तै कुरा गर्दै थियौ । छोरीहरु अर्काे खाटमा बसेर गृहकार्य गर्दै थिए । छोरीहरु पढ्दा पढ्दै निदाएछन् । हामी पनि सुत्यौ ।थकानले निदाएछु । डरलाग्दो सपना देखेँ । सपनामा भिरबाट खसेको बसले खेलीरहेका छोरीहरुलाई किच्यो । झल्यास्य ब्युझेँ ।

मनमा अनेक कुरा खेल्यो । सपना त हो भनेर फेरि सुतेँ । बिहान भयो म उठेँ । छोरीहरु सुतिरहेका थिए । श्रीमति छोरीहरुलाई स्कुल पठाउनका लागि खान बनाउन लागिन् ।

म सामान मिलाउन थालेँ । दैवको लिला एकै छिनमा माथी बाट ह्वात्तै पहिरो आएर नानीहरुलाई छोप्यो अनी तुरुन्तै श्रीमतिलाई र काखे नानी अनि मलाई पहिरोले पु-यो ।
हामी सवै परिवारका टाउका एकै ठाउमा जम्मा भएका थियो । मलाई किन हो कुन्नी दैवले बचाए । मलाई जस्तो विपत्ति दुष्मनलाई पनि नपरोस् ।
मेरा प्यारा छोरीहरु र श्रीमतिलाई खाल्टोबाट निकालेर अस्पताल पु¥याउने जाजरकोट खलंगाबासी दाजुभाई दिदिवहीनीहरु, नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेड्क्रस, विभिन्न संघसस्था र पत्रकारलाई धन्यवाद दिन चाहन्छु ।

मेरा सन्तान, श्रीमतिलाई केही भएको छैन भन्ने खबर सुन्न पाए हुन्थयो । अरु केही माग छैन । अब कसरि बाँच्ने त्यहि चिन्ता लागिरहन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *