काठमान्डौ , जनकपुरमा शुक्रबार साँझ संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका र हँसपुर नगरपालिकामा युवाहरुले सप्तरीका दीपेन्द चौधरीको ईन्काउन्टर विरोधमा गृहमन्त्री बादल को पुतला दहन गरिएको हो ।
नेपाल प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर गोली ठोकेको भन्दै ती नगरका युवाहरुले विरोध जनाउँदै आन्दोलित भएका छन् ।गत मँगलबार चौधरीलाई भारतबाट पक्राउ गरी बुधबार राती सप्तरीको रुपनीमा ल्याएर ईन्काउन्टर गरेको आरोप लगाउँदै युवाहरु आन्दोलित भएका हुन् ।
चेकजाँचका क्रममा चौधरीले शुरुमै गोली प्रहार गरेको र प्रतिरक्षामा फाइरिङ गर्दा चौधरीको मृत्यू भएको प्रहरीले जनाएको छ । तराईमा आपराधिक गतिविधि र चन्दा असुली लगायतका क्रियाकलापमा संलग्न रहेको आरोप चौधरी माथि लागेको थियो ।यता, दीपेन्द्र चौधरीका परिवार र आफन्त समेत फेक इन्काउण्टर गरेको भन्दै घटना सत्यतत्थ छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरी अगाडी धर्ना समेत दिएका थिए । धनुषाको विभिन्न ठाउँमा युवाहरुले गृहमन्त्री बादलको पूतला दहन गर्दै दिपेन्द्र चौधरीसँग न्याय हुनुपर्ने माग गरेका छन् ।
गृहमन्त्री बादलकै ईसारामा प्रहरीले मधेशका युवाहरुलाई ताकी ताकी विना कारण र सानो तिनो मुद्दामा मुछिएका युवाहरुलाई गोली हान्दै गरेको भन्दै विरोधमा पूतला दहन गरिएको हो । जस्तोसुकै अपराधीलाई प्रहरीले पक्राउ गरेपछि हत्या गर्न नहुने भएपनि उन लाई गैर न्यायिक तवरले हत्या गरेको भन्दै परिवारजन आन्दोलित भएका छन् ।
प्रदेश प्रहरीको टोली समेत योजनावद्ध रुपमा उनलाई इन्काउन्टर गरेको हो । प्रहरीले दीपेन्द्रले नै पहिले गोली चलाएको बताएपनि घटनाको प्रकृति भने त्यस्तो नदेखिएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।यता, मधेशी युवाहरुलाई पुनः इन्काउन्टरको नाममा गैर न्यायिक तवरले हत्या गर्ने उदेश्यकै साथ नेपाल प्रहरी सक्रिय भएको आरोप युवाहरु लगाउँछन् ।
Views: 0